चालक/सहचालकको नियमित स्वास्थ्य परीक्षण « Khabarhub

चालक/सहचालकको नियमित स्वास्थ्य परीक्षण


२० आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि सार्वजनिक सवारी चालक तथा सहचालकको नियमित स्वास्थ्य परीक्षण गर्नुपर्ने सरोकारवालाहरूले बताएका छन् ।

चालकलाई समय अनुकूल आवश्यक नीति, नियम र ज्ञानसहित उनीहरूको तनाव व्यवस्थापनका लागि नियमित स्वास्थ्य परीक्षणमा ध्यान दिनुपर्नेमा सार्वजनिक सवारीसँग सरोकार राख्ने निकायका प्रमुख तथा प्रतिनिधिले जोड दिएका हुन् । 

सवारी दुर्घटना न्यूनीकरण तथा आन्तरिक व्यवस्थापनसम्बन्धी अभियानलाई सञ्चालन गर्दै आएको पश्चिम नेपाल बस व्यवसायी प्रालिको आयोजनामा चालक तथा सहचालक प्रशिक्षण कार्यक्रममा सहभागी वक्ताहरूले सार्वजनिक सवारीका चालक तथा कर्मचारीले आफ्नो स्वभाव र व्यवहारमा परिवर्तन ल्याउनुपर्ने खाँचो पनि औँल्याएका छन् । 

कार्यक्रममा राजमार्ग सुरक्षा तथा सवारी व्यवस्थापन कार्यालय बुटवलका प्रहरी निरीक्षक शोभा पाण्डेले सवारी चालकहरू जिम्मेवार हुनुपर्नेमा जोड दिए। सवारी चालकले छिटो गन्तव्यमा पुग्ने र धेरै यात्रु चढाउने प्रतिस्पर्धा मात्रै नगरेर गुणस्तरीय चालक बन्ने प्रयास गर्न चालकहरुलाई उनले आग्रह गरे । प्रहरी निरीक्षक पाण्डेले सभ्य भाषा, नम्र बोलीसहितको सेवा नै अचूक औषधी भएको बताउँदै अपाङ्ग र आरक्षण सिट कार्यान्वयन गर्नुपर्ने सुझाव दिए । 

पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले सवारी चालक, सहचालक, यात्रुहरू सबै जिम्मेवार भए दुर्घटना न्यूनीकरणमा टेवा पुग्नका साथै बर्सेनि हुने धनजनको क्षतिसमेत कम गर्न सकिने बताए। सार्वजनिक सवारी साधन प्रयोगकर्ता पनि दुर्घटना न्यूनीकरणका विषयमा उत्तिकै जिम्मेवार हुनुपर्नेमा उनले जोड दिए।

सुरक्षित यात्रा नेपालका अध्यक्ष तथा यातायात मजदुर नेता कृष्णप्रसाद बेलबासेले चालक तथा सहचालकले यात्रुहरूसँग नम्र व्यवहार गर्नुपर्नेमा जोड दिँदै दुर्घटना न्यूनीकरण र सवारी व्यवस्थापनका लागि प्रालिले जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए । 

प्रालिका सञ्चालक तथा सवारी दुर्घटना न्यूनीकरण तथा आन्तरिक व्यवस्थापनका संयोजक नारायणप्रसाद घिमिरेले सवारी चालक तथा सहचालकले आफ्नो सीप, कला र दक्षता बढाउनाका साथै पात्रहरूसँगको व्यवहारमा सुधार ल्याउनुपर्ने आवश्यकता औँल्याए । उनका अनुसार प्रालिमा करिब दुई हजार पाँच सय बस व्यवसायीहरू आबद्ध रहेको र सात हजार पाँच सय यातायात मजदुरहरूलाई रोजगारी प्रदान गर्दै आएको छ ।

संस्थाले दुर्घटना न्यूनीकरण र सवारी व्यवस्थापन प्रशिक्षणलाई निरन्तर सञ्चालन गर्दै आएको उनले बताए। 

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार  २ : २१ बजे

बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण

काठमाडौं- भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीको घाउ अझै

भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता

भक्तपुर– जिल्ला प्रहरी परिसर भक्तपुरले गत भदौ महिनामा विभिन्न अपराधसम्बन्धी

परराष्ट्रमन्त्री खनाल न्युयोर्कतिर (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको

२०औँ एसियाली खेलकुद : महिला भलिबलमा नेपाल विजयी

काठमाडौं– जापानमा भइरहेको २०औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलतर्फ

पहिरोले चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाको चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित