प्राविधिक र व्यावसायिक शिक्षा आजको आवश्यकता : परराष्ट्रमन्त्री  « Khabarhub

प्राविधिक र व्यावसायिक शिक्षा आजको आवश्यकता : परराष्ट्रमन्त्री 


२० आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– परराष्ट्रमन्त्री एनपी साउदले प्राविधिक र व्यावसायिक शिक्षा आजको आवश्यकता रहेको बताएका छन् ।

चाबहिल स्थित जिपी कोइराला मेमोरियल सामुदायिक कलेजको आज भएको शुभकामना तथा बिदाइ कार्यक्रममा उनले प्राविधिक शिक्षाले ज्ञान, सीप र रोजगारी दिने भएकाले यो आजको आवश्यकता रहेको बताए ।

हाल धेरै सामुदायिक क्याम्पस भए पनि जिपी कोइराला कलेजले गुणस्तरीय शिक्षा प्रदान गरेर सामुदायिक क्याम्पसमध्ये उत्कृष्ट बनेकामा मन्त्री साउदले क्याम्पस परिवार तथा विद्यार्थीलाई बधाई दिए। कलेजको स्थापना गर्नुमात्र ठूलो कुरा नभएर गुणस्तरीय शिक्षा प्रदान गर्नु महत्वपूर्ण रहेको उनको भनाइ थियो ।

मन्त्री साउदले आफू विद्यार्थी राजनीतिबाट आएकाले पनि देशको शैक्षिक स्थिति र विद्यार्थीका धेरै कुरा बुझेको बताउँदै राम्रो नतिजाका लागि विद्यार्थी, शिक्षक र अभिभावकको भूमिका उत्तिकै महत्वपूर्ण हुने जनाए। गुणस्तरीय शिक्षा भएन भने जीवनमा सुख पाउन नसकिने भन्दै उनले सबै कलेज तथा विद्यालयले समाज र देशलाई योगदान पुर्‍याउने खालको प्रभावकारी शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिए। 

बागमती प्रदेशसभा सदस्य मीना पराजुलीले कलेजले विद्यार्थीको आवश्यकताअनुसार पढाउनुपर्ने भन्दै विद्यार्थीको आवश्यकता हेरेर पढ्न सहज वातावरण बनाउनुपर्ने बताए । आजको आधुनिक युगमा प्रविधिमैत्री शिक्षा प्रदान गर्न सके थप प्रभावकारी र उपलब्धिमूलक हुने उनको भनाइ थियो ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालय २०७९ मा सामुदायिक क्याम्पसहरू मध्येबाट विएसएसडब्लुतर्फ सर्वोत्कृष्ट नतिजा ल्याउन सफल दिया थापा मगरलाई नगदसहित प्रशंसापत्र प्रदान गरिएको थियो । कार्यक्रममा विभिन्न साङ्गीतिक कोसेली प्रस्तुत गरिएको थियो ।

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार  २ : ३९ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।