प्रधानसेनापति शर्मा बेलायत भ्रमणमा जाँदै | Khabarhub Khabarhub

प्रधानसेनापति शर्मा बेलायत भ्रमणमा जाँदै


२० आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

प्रधानसेनापति प्रभुराम शर्मा संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणका लागि आइतबार त्यसतर्फ जाने भएका छन् । बेलायती सेनाका जनरल सर प्याट्रिक स्याण्डर्सको निमन्त्रणामा उनी बेलायतको छ दिवसीय औपचारिक भ्रमणमा त्यसतर्फ जान लागेका हुन् ।

भ्रमणका अवसरमा प्रधानसेनापति शर्मा र त्यहाँका आफ्ना समकक्षीसँग भेटवार्ता हुनेछ । प्रधानसेनापति शर्माले त्यहाँको रोयल कलेज अफ डिफेन्स स्टडिज् र रोयल मिलिटरी एकेडेमी स्यान्डहर्स्टको भ्रमण गर्ने कार्यक्रम छ । ती दुवै शिक्षण संस्थामा नेपाली सेनाका अधिकृत लामो समयदेखि निरन्तर सहभागी हुँदै आएका नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले बताए । प्रधानसेनापति शर्माले बेलायती गोर्खा सैनिकको मुख्यालयको पनि भ्रमण गर्नेछन् । प्रधानसेनापति बेलायतमा रहँदा क्याम्ब्रीयन पट्रोलमा सहभागी टोलीसँग भेटघाट हुनेछ । बेलायत नेपालको पुरानो मित्रराष्ट्र हो ।

आजभन्दा ठिक एक सय वर्षअघि अर्थात् सन् १९२३ मा तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शम्शेर जबरा र बेलायत सरकार (तत्कालीन ब्रिटिस–इण्डिया) बीच भएको सन्धीले नेपाललाई स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न र बराबरीको मान्यता भएको समकक्षी मुलुकको मान्यता दिएको थियो ।

नेपाली सेना र बेलायती सेनाबीच पुरानो र न्यानो मित्रवत् सम्वन्ध रहिआएको छ । बेलायती सेनामा नेपालीलाई गोर्खाली सेनाकारुपमा समावेश गर्दै आएको छ । त्यो सङ्ख्या अहिले पनि करिब चार हजारको हाराहारीमा छ ।

बेलायती सेनामा गोर्खा समावेश कार्यलाई दुईपक्षीय सम्बन्धको अनुपम र बेग्लै आयमकारुपमा हेरिने गरिएको छ । बेलायत सरकारले गोर्खाली सैनिकले पु¥याएको योगदानको उच्च कदर गर्दै त्यहाँको रक्षा मन्त्रालय भवन परिसरमा गोर्खाली सैनिकको सालिक स्थापित गरेको छ ।

नेपाली सेनाका कैयौँ अधिकृत बेलायतमा तथा त्यहाँका सेनाका अधिकृत पनि तालिम प्रशिक्षणका लागि नेपाल आउने अभ्यास छ । बेलायतमा पाँच दर्जनभन्दा बढी विभिन्न शैक्षिक कार्यक्रम, तालिम, अभ्यास, सेमिनारलगायत उच्चस्तरीय भ्रमणमा नेपाली सेना सहभागी हुँदै आएको छ ।

नेपाली सेनाका अधिकृत हाल एनडिसी, डिएचइटी, स्टाफ कलेज, एयर ट्रान्सपोर्ट म्यानेजमेन्ट, आरएमएस, पिसीविसी, एक्सर साइज क्याम्ब्रीयन पट्रोलमा आठ अधिकृतसहित १६ जना तालिम प्रशिक्षणलगायतमा सहभागी रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

त्यसैगरी, हालसम्म बेलायती सेना शिवपुरीस्थित आर्मी कमाण्ड एण्ड स्टाफ कलेज र हाइअल्टिच्यूट एण्ड माउन्टेन वेयलफेयरमा तालिममा सहभागी हुँदै आएको छ । बेलायतको वेल्सको ब्रेकनमा सन् २०१९ ‘एक्सरसाइज क्याम्ब्रियन गस्तीमा नेपाली सेनाले स्वर्ण जित्न सफल भएको थियो । उक्त गस्तीमा सैनिक नेतृत्व, समूह कार्य, शारीरिक तन्दुरुस्ती र लक्ष्य हासिल हासिलका आधारमा मूल्याङ्कन गरिन्छ ।

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार  ५ : ०१ बजे

रुसी क्षेप्यास्त्र परीक्षण ‘उचित कदम होइन’ : ट्रम्प

वाशिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार आफ्ना रुसी समकक्षी

च्याउखेतीबाट वार्षिक १० लाख आम्दानी

अत्तरिया– कैलालीको धनगढी उपमहानगरपालिका–११, जोकैयाका मङ्गल चौधरीले पाँच वर्षदेखि च्याउखेती

राष्ट्रपति पौडेलबाट गुह्येश्वरीमा अर्घ्यदान

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरअघि बागमती किनारमा

किस्ट अस्पतालमा तनाव बढ्यो, प्रहरीद्वारा अश्रु ग्यास प्रहार (तस्बिरहरू)

 काठमाडौं– चिकित्सकको लापरबाहीले गर्भवतीको मृत्यु भएको भन्दै आक्रोशित आफन्तले घेरेपछि

गौरीघाट पुगेर राष्ट्रपति पौडेलले गरे छठ पूजा (तस्बिरहरू)

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले छठी माताको पूजा आराधना गरेका छन्