मुलुकको आर्थिक क्षेत्रका संकट समाधान गर्न अध्यक्ष नेपालको आग्रह « Khabarhub

मुलुकको आर्थिक क्षेत्रका संकट समाधान गर्न अध्यक्ष नेपालको आग्रह


२० आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

कावासोती– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकको आर्थिक क्षेत्रका संकट, जनजिविका महँगीलगायत समस्या समाधान गर्न सरकारसँग आग्रह गरेका छन् ।

समाजवाद जागरण अभियानद्वारा आज कावासोतीमा आयोजित कोणसभामा उनले अर्थतन्त्रमा देखापरेको संकट समाधान गर्नका निम्ति आफ्नो पार्टीले प्रधानमन्त्रीलाई ज्ञापनपत्रसमेत बुझाएको स्मरण गराए।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले क्रान्तिकारी मुद्दा लिएर जनताको बीचमा आएको बताउँदै रोजगारी, सुशासन र समृद्धिलाई मुख्य मुद्दा बनाएर समाजवादी जागरण अभियानमा जुटेको बताए। उनले औद्योगिक विकास र मिटर ब्याजपीडितको पक्षमा पार्टी दृढतापूर्वक क्रियाशील रहेको जानकारी दिए । 

यही असोज १४ मा काँकडभिट्टाबाट सुरु भएको अभियानअन्तर्गत बिर्तामोड, दमक, उर्लाबारी, विराटचोक, इटहरी, इनरुवा, भारदह, राजविराज, छिन्नमस्तक, अर्नाह, भगवानपुर, सिरहा सदरमुकाम, बन्दीपुर र जदुकुहा, जनकपुर, जलेश्वर, ढल्केबर, लालबन्दी, गरुडा, हर्नैया, कलैया र वीरगन्ज, पथलैया, हेटौँडा, मनहरी, भण्डारा र भरतपुरमा सभा सम्पन्न भएको छ । पार्टीले सुरु गरेको समाजवादी जागरण अभियानमा अहिलेसम्म चार हजार नेता कार्यकर्ता पार्टीमा समाहित भएका छन् ।

पार्टीले यही असोज १४ गते मेचीदेखि सञ्चालन गरिएको अभियानका क्रममा कोशी र मधेस प्रदेशका विभिन्न जिल्लामा एमाले, कांग्रेस, माओवादीलगायत पार्टीका चार हजार नेता, कार्यकर्ता सो पार्टीमा समाहित भएको पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले दाबी गरे ।

कावासोतीपछि बर्दघाट र परासीमा पनि आज आमसभा गरिनेछ । पार्टीका शीर्ष नेताहरूबाट सम्बोधन गरिएका अभियानका क्रममा आमसभा, कोणसभा, अन्तरक्रिया, कार्यकर्ता भेला तथा पत्रकार सम्मेलन गरिएका छन् ।

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार  ७ : २१ बजे

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ