यात्रुको गुनासो सुन्न राजमार्गमा सहायता कक्ष « Khabarhub

यात्रुको गुनासो सुन्न राजमार्गमा सहायता कक्ष


२० आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

धादिङ – चाडपर्व सुरु भएर सवारीको चाप बढेसँगै ट्राफिक प्रहरीले पृथ्वी राजमार्गका ठाउँठाउँमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको छ । सवारीले यात्रु ओराल्ने चढाउने र यात्रुको चाप बढी हुने स्थानको छनोट गरी राजमार्गको पाँच ठाउँमा र सदरमुकाम धादिङवेसीको पुछार बजारमा सहायता कक्ष सञ्चालनमा ल्याएको हो ।

यात्रुको गुनासो सुन्ने द्देश्यले सहायता कक्षा सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले बताए । “समस्यामा परेका यात्रु, चालक तथा सहचालक सबैले समस्या पर्दा प्रारम्भिक जानकारी गराउने ठाउँ यात्रु सहायता कक्षा हो । प्रहरी नै सडकमा उत्रिएर यात्रुलाई सहयोग गर्न यो कार्यक्रम ल्याइएको हो”, गौतमले भने, “यात्रा गरिरहँदा चोरी भएमा, सवारी साधनले वृद्धवृद्धा, महिला, अपाङ्गता भएकालाई दिनुपर्ने सहुलियत तथा सेवा नदिएमा, गन्तव्यमा पुर्‍याउन सवारीले ढिलाइ गर्नेजस्ता समस्या समाधान गर्न यात्रु सहायता कक्षाले सहयोग पुर्‍याउनेछ ।”

पृथ्वी राजमार्गको महादेववेसी, गल्छी, गजुरी, जोगीमारा र खानीखोलामा यात्रु सहायता कक्ष स्थापना गरी सञ्चालनमा ल्याइएको र यात्रुलाई ठगिनबाट जोगाउने पनि यसको मुख्य उद्देश्य रहेको जिल्ला प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक रविन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय धादिङले दसैँ–तिहार विशेष सुरक्षा योजना आजैदेखि लागू गराइएको छ । चार्डपर्वको बेलामा हुनसक्ने झैझगडा, चोरी, जुवातास लगायतका घटना हुन नदिन विशेष सुरक्षा योजना बनाएर लागू गरिएको हो । सुरक्षा सतर्कताको लागि धादिङमा प्रदेश प्रहरी कार्यालयबाट ६५ प्रहरी थप गरी परिचालन गरिने प्रहरी उपरीक्षक गौतमले जानकारी दिए ।

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार  ९ : ५७ बजे

खैरो हिरोइनसहित नागढुङ्गाबाट एकजना पक्राउ

काठमाडौं– नेपाल प्रहरीले अवैध लागूऔषध खैरो हिरोइनसहित एक जनालई पक्राउ

आयातित स्वास्थ्य उपकरणको विवरण उपलब्ध गराउन  विभागको आग्रह

काठमाडौं– औषधि व्यवस्था विभागले आयात गरिने स्वास्थ्य सामग्री तथा उपकरणको

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान स्कुल अफ मेडिसिनको डिनमा नवीसमान नियुक्त

काठमाडौं– पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको स्कुल अफ मेडिसिनको डिनमा

तत्कालीन माओवादी केन्द्र काठमाडौं महानगर कमिटीका अध्यक्ष एमालेमा प्रवेश

काठमाडौं– नेकपा माओवादी केन्द्रका काठमाडौँ महानगर कमिटीका तत्कालीन अध्यक्ष राजेश

सुनको मूल्य सवा तीन लाख पुग्दा पनि बजारमा चहलपहल

काठमाडौं– नेपाली बजारमा एक पछि अर्को दिन आज पनि सुनको