सांकेतिक तस्वीर ।

समाचार

लागूऔषधसहित एक जना पक्राउ

By खबरहब

October 07, 2023

कञ्चनपुर – कञ्चनपुरबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन्।

जिल्लाको शुक्लाफाँटा नगरपालिका–७ सिमलफाँटाबाट ६ दशमलव ६५ ग्राम लागुऔषधसहित सोही स्थानका २३ वर्षीय अर्जुन ऐर पक्राउ परेका हुन्। शुक्रवार साँझ उनलाई लागूऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई लागूऔषध तौल गर्ने एक थान तराजुसहित पक्राउ गरेको हो।