एन्टिबायोटिकको प्रयोग गर्दा के कुरामा ध्यान दिनुपर्छ ? | Khabarhub Khabarhub

एन्टिबायोटिकको प्रयोग गर्दा के कुरामा ध्यान दिनुपर्छ ?


२१ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

पछिल्लो समय एन्टिबायोटिक प्रयोग गर्नेको संख्या धेरै बढेको पाइन्छ। जुनसुकै रोग लागे पनि चिकित्सकको सल्लाह बिना नै आफूखुसी मेडिकलमा गएर एन्टिबायोटिकको सेवन गर्नेको संख्या बढिरहेको छ। सही एन्टिबायोटिकको छनोट कसरी गरिन्छ ? एन्टिबायोटिक कति मात्रामा प्रयोग गर्ने ? लगायतका विषयमा आधारित रहेर खबरहबका लागि डा. सतिशकुमार देवसँग गरिएको कुराकानीको सम्पादित अंश :

एन्टिबायोटिक प्रयोग किन बढिरहेको छ ?
पछिल्लो समय एन्टिबायोटिक प्रयोग गर्नेको संख्या दिनानुदिन धेरै बढेको पाइन्छ। एन्टिबायोटिक प्रयोग गर्नाले शरीरमा भएको ब्याक्टेरियल इन्फेक्सनको रोकथाम गर्छ। अर्थात् भएका ब्याक्टेरियालाई नाश गर्छ र ब्याक्टेरियल इन्फेक्सन हुन दिँदैन। एन्टिबायोटिकको प्रयोग मुख्य गरी ब्याक्टेरियल इन्फेक्सनमा हुनुपर्छ। यसलाई प्रेसकिप्सन ड्रग भन्ने गरिन्छ। नेपालमा धेरै ठाउँमा चिकित्सकसँगको सहज पहुँच नभएकाले पनि थाहा नपाई धेरैले एन्टिबायोटिक प्रयोग गर्ने गर्दछन्। कति ठाउँमा एन्टिबायोटिकको ‘सबसिटी’ हुनुपर्नेमा कति ठाउँमा उपलब्ध पनि हुँदैन। एन्टिबायोटिक नेपाल मेडिकल काउन्सिल र चिकित्सकले मात्र प्रेस्क्राइब गर्न पाउँछन्। तर एन्टिबायोटिकको प्रयोग चिकित्सकले प्रेसकिप्सन बिना पनि भइरहेको छ। यो राम्रो होइन।

धेरै एन्टिबायोटिकको प्रयोग गर्दा त्यसको साइडइफेक्ट के देखिन्छ ?
पेनकिलर एनाथेलिक एन्टिबायोटिकको साइड इफेक्ट लामो समय राम्रै हुन्छ। पहिले ग्यास्ट्रिक हुने हुन्छ भने लामो समय गलत प्रयोग गर्नाले लिबर, किड्नीमा असर गर्ने र किड्नी ड्यामेज गर्ने जस्ता असर पार्नसक्छ। त्यसैले एन्टिबायोटिक लामो समय प्रयोग गर्नु हुँदैन। एन्टिबायोटिकको दुरुपयोग घटाएमा ब्याक्टेरियाको प्रतिरोध विकास हुने दर घट्नुका साथै अनावश्यक खर्च र औषधिका साइड इफेक्टका कारण हुने सामान्य वा गम्भीर किसिमका हानीबाट समेत जोगिन सकिन्छ।

हामीले एन्टिबायोटिक कति मात्रामा प्रयोग गर्न सक्छौँ ?
एन्टिबायोटिकको प्रयोग कति गर्ने र कति खुवाउने भन्ने कुरा स्टान्डर्ड ट्रिटमेन्ट गाइडलाइन अनुसार फरक हुने गर्छ। कुनै एन्टिबायोटिक तीन दिन, कुनै पाँच दिन र कुनै सात दिन खानुपर्छ। यस्तै कुनै दिनमा १ पटक, कुनै दिनमा २ पटक, कुनै दिनमा तीन पटक खाने हुन्छ। यसमा चिकित्सकको सल्लाहबमोजिम वा गाइडलाइनको प्रयोग गरेर खानु अनिवार्य हुन्छ।

कस्तो अवस्थामा एन्टिबायोटिक प्रयोग गर्न मिल्छ र कस्तो अवस्थामा मिल्दैन ?
जुनै पनि एन्टिबायोटिक भनेको डिप्रेसन ड्रग हो। यो चिकित्सकको सल्लाह बिना प्रयोग गर्नु हुँदैन। एक जनाले खाएको एन्टिबायोटिक अर्कोलाई नमिल्न सक्छ। एन्टिबायोटिक खान थालेपछि बिचमा छोड्यो भने स्वास्थ्यमा जोखिम हुने भएकाले चिकित्सकको सल्लाहमा मात्र खानुपर्छ।

एन्टिबायोटिकको सेवनले विकराल रूप नलियोस् भनेर के गर्ने ?
एन्टिबायोटिक रेजिस्टयान्सको प्रिभेन्सन स्ट्राटेजीमा नेपाल सरकारले बनाएको नेशनल एक्सन प्लानमा रहेर गर्ने हो। यसमा दुईदेखि तीन वटा पक्षलाई जोड दिइएको छ। एउटा नियमनकारी पक्ष सरकारको कार्यान्वयन पक्ष। अर्को प्राविधिक पक्ष र पब्लिक एस्पेक्टलाई लिएको छ। सरकारले एन्टिबायोटिक गलत रुपमा प्रयोग र प्रोत्साहन गर्नु भएन। एन्टिबायोटिक रेजिस्टयान्सको परिणामलाई स्कुलहरुको एजुकेसन सिस्टममा पनि राख्नुपर्छ।

एन्टिबायोटिकको प्रयोगकर्ताले के–के कुरामा ध्यान दिनुपर्छ ?
हामीले सबै भाटभटेनीमा टेबल राखेर एन्टिबायोटिकको गलत प्रयोग वा चिकित्सकलाई नसोधी कति जनाले खानु भएको छ भनेर अनुसन्धान गरेका थियौँ। करिब ६५ प्रतिशतले आफैँ किनेर खाएको पाएका थियौँ। एन्टिबायोटिक रेजिस्टयान्स्नको मानिस आफैँ सचेत भएर चिकित्सकको सल्लाहमा मात्र खाने वातावरण बनाउनुपर्छ। चिकित्सकको सल्लाह बमोजिम एन्टिबायोटिक खाने र आफै जथाभावी एन्टिबायोटिक किनेर नखाने। बिरामीले पनि बिना जाँच गराइ चिकित्सलाई एन्टिबायोटिक माग्नु हुँदैन।

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलबार  ७ : ०० बजे

‘टोकियो सप्ताह’ को तयारी पुरा, पण्डित दिनबन्धु टोकियोमा

टोकियो– आगामी साता यहाँ हुन लागेको ‘टोकियो सप्ताह-२०२५’ को तयारी

पक्राउ परे सिंहदरबार र संसद् भवन आगजनीमा संलग्न एक युवक

काठमाडौं- गत भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा सिंहदरबार परिसरमा

रास्वपा केन्द्रीय कार्यालयका घर मालिकले छाडे पार्टी सदस्यता

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीको बनस्थली च:मतीस्थित केन्द्रीय कार्यालय रहेको घरका मालिक

बृहत् बाम एकताबाट समाजवादी क्रान्तिको वातावरण बन्दैछ : प्रचण्ड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

क्यानाडाका प्रधानमन्त्रीले भने- पहिलो बजेटबाट अमेरिकामाथिको निर्भरता घटाउँछु

ओटावा– क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीको सरकारले मंगलबार आफ्नो पहिलो बजेट