सधैँ तनावमा मध्यपूर्व | Khabarhub Khabarhub

सधैँ तनावमा मध्यपूर्व

अरबी क्षेत्रको समस्या बन्दै हमास


२१ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

इजरायलले गरेको हवाई आक्रमणसँगै अल मगाउजी शरणार्थी शिविरमा कम्तीमा ४५ जनाको ज्यान गएको छ। इजरायलले यस बारेमा प्रस्ट जानकारी गराएको छैन। उत्तरतर्फ भएको बमवारिबाट बच्नका लागि भएको भागदौडमा कोलाहल मच्चिएको थियो। एक सय जना भन्दा बढी सो घटनामा हराएका छन्। उनीहरूको खोजी कार्यमा प्रशासन तल्लीन भएर लागी परेको छ।

गाँजाको अल अस्का अस्पतालले भने मन्त्रालयले दिएको सङ्ख्या भन्दा बढी ५२ जना हराएको जनाएको छ। च्यापिनेहरूको खोजीका लागि खन्ने काम पनि त्यहाँ भइरहेको छ। फोटो पत्रकार मोहम्मद अल अलाउ रिपोर्टिङका क्रममा अन्यत्र कतै भएका कारण बाँचे। तथापि उनले श्रीमती र पाँच बच्चा गुमाएका छन्। उनले आफ्नो पनि परिवारसँगै ज्यान गएको भए राम्रो हुने धारणा राखेका छन्।

वर्ल्ड सर्भिस नेसुरका लेफ्टिनेन्ट कर्णेल पिटर लर्नरले दक्षिणी क्षेत्रमा एकदमै बौद्धिकता र संयमताका साथ आक्रमण भएको तथा सो आतङ्ककारी गतिविधिलाई लक्षित गरेर गरिएको दाबी गरेका छन्। यसका बाबजुद दुर्भाग्यवश कुनै दुर्घटना भएको हुनसक्ने कुरा उनले स्वीकार गरे।

७ अक्टोबरका दिन हमासले आक्रमण गरेपछि इजरायलले सुरु गरेको हवाई आक्रमणबाट बच्नका लागि अल मगाउजी सबै भन्दा सुरक्षित मानिएको थियो। तथापि दक्षिणी क्षेत्रमा हवाई आक्रमण अझै रोकिएको छैन। यस शरणार्थी शिविरमा आक्रमण भए पछि गाँजामा अहिले कुनै पनि स्थान सुरक्षित नभएको ठहर हुन थालेको छ। ७ अक्टोबरमा आक्रमण यता इजरायलको हवाई आक्रमणबाट ९ हजार ७ सय जना भन्दा बढीको ज्यान गइसकेको छ। हमासले गरेको आक्रमणबाट एक हजार चार सय जनाको ज्यान गएको थियो भने दुई सय जना बन्दी बनाइएका थिए।

अहिले इजरायलको आक्रमणपछि विभिन्न तहबाट फरक प्रतिक्रिया आउन थालेका छन्। अमेरिकी सेक्रेटरी अफ स्टेट एन्थोनी ब्लीन्केनले युद्ध विरामको विरुद्धमा अभिव्यक्ति दिएका छन्। उनले युद्ध विराम गर्दा हमासलाई पुर्न सङ्गठित हुने मौका मिल्ने तथा यसले फेरि आक्रमणको सम्भावना भइरहने प्रतिक्रिया दिएका छन्।

शनिवार जोर्डनमा अरब नेताहरूको सँगको वार्तामा ब्लीन्केनले सो धारणा व्यक्त गरेका हुन्। सो वार्तामा जोर्डनका अलावा, साउदी अरेबिया, कतार र संयुक्त अरब इमिरेट्स र इजिप्टका नेता पनि थिए।

अमेरिकाले अहिले इजरायलको आक्रमणलाई सहयोग गरिरहेको छ। अमेरिकाले यसलाई हमासको आक्रमणबाट सुरक्षा भन्ने व्याख्या गरेको छ। सो वार्तामा जोर्डनका विदेश मन्त्री आयमान सफादीले थुप्रै नागरिकको ज्यान गएकोमा दुःख व्यक्त गरेका छन्। अहिले अस्पताल ,मस्जिद र चर्चमासमेत मानिसहरूको ज्यान जान थालेको हो। योक्रम लामो समय गएमा यसले प्यालेस्टाइनीमा ठुलो समस्या थपिने धेरै अरब नेताहरूले मत राखेका थिए।

ब्लीन्केनले भने युद्ध विराम भन्दा अन्य मानवीय सहयोगसहित आक्रमणलाई निरन्तरता दिनु उपयुक्त भएको मत राखेका थिए। इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई भेटेर ब्लीन्केन त्यसको एक दिनपछि जोर्डन पुगेका हुन्। अहिले उत्तरमा इजरायल केन्द्रित रहेको छ। त्यहाँबाट धेरै प्यालेस्टाइनीलाई अन्यत्र जान भने पनि अझ चार लाख जना बाँकी रहेका छन्।

ब्लीन्केनले अन्य अरबी देशले मानवीय सहयोग गर्न भनेका छन्। ब्लीन्केनले भ्रमणको क्रममा लेबनानका काम चलाऊ प्रधानमन्त्री नजीब मिकातीसँग पनि भेट वार्ता गरेका छन्। सो क्रममा उनले लेबनानको दक्षिण सीमामा इजरायलसँग भएको तनावको विषयमा वार्ता गरेका थिए। त्यहाँ लामो समयदेखि सिया मुसलमान समूह हजीबुलल्लाह र इजरायली सेनाको बिचमा झडप भइरहेको छ। अहिले हजीबुल्लाहका नेताले पनि इजरायलको विरुद्धमा जेहाद छाड्ने प्रतिक्रिया दिइसकेका छन्।

अहिले यस युद्धमा पश्चिमा देशको पनि चासो बढी रहेको छ। गाँजामा प्रभाव जमाएको हमासको लक्ष्य नै इजरायलको नास हो। यसलाई बेलायत लगायत अन्य युरोपेली देशले आतङ्ककारी सङ्गठनको सूचीमा राखेका छन्। सन् २००६ मा हमासले त्यहाँ भएको युद्धमा जित हात पारेको थियो।

हमासको शासन त्यत्ति रहेको छैन। अहिले मोहम्मद अब्बबासलाई नै अन्तर्राष्ट्रिय समुदायले स्वीकार गरेको छ भने हमासले आफ्नै मातहतमा प्यालेस्टाइन रहेको दाबी गरीरहेको छ। लामो समयदेखि हमासले इजरायलसँग युद्ध गरीरहेको छ। उनले इजरायली सहरमा समय समयमा रकेट प्रहार गरीरहेका छन्।

अहिलेको आक्रमणको कारण भने यकिन हुन सकेको छैन। तथापि इजरायलले बन्दी बनाएका चार हजार ५ सय जना प्यालेस्टाइनीका छुटका लागि पनि सो दबाब भएको हुनसक्छ। अहिले अमेरिका, युरोपेली युनियन र बेलायतले हमासविरुद्धका इजरायली आक्रमणको पक्षमा आफूलाई उभ्याएका छन्। अमेरिकाले मात्र दुई सय ६९ अर्ब बराबरको सैन्य तथा अन्य सहयोग गरेको छ।

अमेरिकाले अन्य सहयोगको पनि प्रतिबद्धता जाहेर गरेको छ। हवाई मिसाइल र बम पनि उपलब्ध गराउने अमेरिकी प्रतिबद्धता छ। अमेरिकाले हजीबुल्लाहको विरुद्धमा लड्नकै लागि अर्को हतियार पनि पठाइ सकेको छ।

अमेरिका र रुसले भने हमासलाई आक्रमण गर्न नहुने प्रतिक्रिया दिएका छन्। रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनले यो आक्रमण तथा मध्यपूर्वमा शान्ति नहुनुमा अमेरिका मुख्य दोषी भएको अभिव्यक्ति दिएका छन्। हजीबुल्लाह त हमासको पक्षमा रहने नै भयो।

मध्यपूर्वमा इजरायलको सबै भन्दा ठुलो विरोधी इरान पनि हमासको पक्षमा छ। इरानले त हमासले ७ अक्टोबरमा गरेको आक्रमणको पक्षमा आवाज राख्दै निरन्तरता दिन उक्साएको समेत थियो।

अहिले मध्यपूर्वको यो अशान्ति कत्ति लामो समय चल्ने हो, थाहा छैन। तथापि सन् १९४८ देखि अशान्त मध्यपूर्व तथा अरबी क्षेत्रमा हमास एउटा समस्या हो। सायद यसको अन्त्य चाँडो नै हुनेछ।
स्रोतः बीबीसी

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलबार  ८ : ०० बजे

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास

काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज

बझाङमा दुई पालिकाको मतगणना सकियो, कसको कति ?

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी