भुकम्पपीडितलाई दोलखाका ९ पालिकाद्वारा २० लाख सहयोग  « Khabarhub

भुकम्पपीडितलाई दोलखाका ९ पालिकाद्वारा २० लाख सहयोग 


२१ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लाका नौ स्थानीय तहले जाजरकोट र रुकुम पश्चिम जिल्लाको भुकम्प पीडितलाई आर्थिक सहयोग गर्ने भएका छन्। 

दोलखाका ९ वटा  स्थानीयतहहरुले २० लाख सहयोग गर्ने भएका छन् । दोलखाका स्थानीयतहले सोमबार  जिल्ला समन्वय समितिको कार्यालयमा बसेको पालिका प्रमुखहरूको बैठकले सो निर्णय गरेर रकम संकलनको तयारी थालिएको बैठकमा सहभागी मेलुङ  गाउँपालिकाका अध्यक्ष हिरा थोकरले जानकारी दिए।

जिल्लाको भीमेश्वर र जिरी नगरपालिकाले तीन तीन लाख सहयोग गर्ने छन् । यस्तै मेलुङ, शैलुङ, कालिञ्चोक, वैतेश्वर , बिगु, तामाकोशी र गौरीशकर गाउँपालिकाले दुई दुई लाख गरी जम्मा २० लाख रुपैयाँ भुकम्प पीडितलाई सहयोग गर्ने निर्णय गरिएको हो ।

२०८० साल कात्तिक १७ गते राति ११ः४७ जाजरकोट र रुकुम पश्चिम जिल्लामा  गएको भुकम्प गएको थियो । भुकम्पबाट दुई जिल्लामा गरी एक सय ५७ जनाको मृत्यु हुनुको साथै एक सय ६६ जना घाइते भएका थिए भने सयौं घर र दर्जनौं विद्यालय ध्वस्त बनाएको थियो। 

यता दोलखाको श्यामा निवासी नेपाली कांग्रेसका नेता जिपछिरीङ शेर्पाले पीडित लाई ११ लाख सहयोग गरेका छन् ।

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलबार  ८ : १६ बजे

‘एमालेमा पुस्तान्तरण र पुनर्गठनको बहस सेलाएको छैन, स्थानीय चुनावसम्म कुरौँ’

काठमाडौँ- ठाकुर गैरे नेकपा एमालेका पुनर्गठन, पुस्तान्तरण र रूपान्तरणका मुखर

कोशी मन्त्रिपरिषद्का निर्णय सार्वजनिक

विराटनगर- कोशी प्रदेश सरकारले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलनमा

स्थानीय चुनावका लागि रास्वपा क्यान्डिडेट क्लबको आवेदन खुला

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका

१२ वर्षपछि खुल्यो चीन–उत्तर कोरिया जोड्ने पुल

बेइजिङ- चीन र उत्तर कोरियालाई जोड्ने तीन किलोमिटर लामो नयाँ

तनहुँमा एक वर्षमा ४६ वन्यजन्तुको उद्धार

दमौली (तनहुँ)- डिभिजन वन कार्यालय तनहुँले एक वर्षमा जिल्लाका विभिन्न