भुकम्पपीडितलाई दोलखाका ९ पालिकाद्वारा २० लाख सहयोग  « Khabarhub

भुकम्पपीडितलाई दोलखाका ९ पालिकाद्वारा २० लाख सहयोग 


२१ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लाका नौ स्थानीय तहले जाजरकोट र रुकुम पश्चिम जिल्लाको भुकम्प पीडितलाई आर्थिक सहयोग गर्ने भएका छन्। 

दोलखाका ९ वटा  स्थानीयतहहरुले २० लाख सहयोग गर्ने भएका छन् । दोलखाका स्थानीयतहले सोमबार  जिल्ला समन्वय समितिको कार्यालयमा बसेको पालिका प्रमुखहरूको बैठकले सो निर्णय गरेर रकम संकलनको तयारी थालिएको बैठकमा सहभागी मेलुङ  गाउँपालिकाका अध्यक्ष हिरा थोकरले जानकारी दिए।

जिल्लाको भीमेश्वर र जिरी नगरपालिकाले तीन तीन लाख सहयोग गर्ने छन् । यस्तै मेलुङ, शैलुङ, कालिञ्चोक, वैतेश्वर , बिगु, तामाकोशी र गौरीशकर गाउँपालिकाले दुई दुई लाख गरी जम्मा २० लाख रुपैयाँ भुकम्प पीडितलाई सहयोग गर्ने निर्णय गरिएको हो ।

२०८० साल कात्तिक १७ गते राति ११ः४७ जाजरकोट र रुकुम पश्चिम जिल्लामा  गएको भुकम्प गएको थियो । भुकम्पबाट दुई जिल्लामा गरी एक सय ५७ जनाको मृत्यु हुनुको साथै एक सय ६६ जना घाइते भएका थिए भने सयौं घर र दर्जनौं विद्यालय ध्वस्त बनाएको थियो। 

यता दोलखाको श्यामा निवासी नेपाली कांग्रेसका नेता जिपछिरीङ शेर्पाले पीडित लाई ११ लाख सहयोग गरेका छन् ।

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलबार  ८ : १६ बजे

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल

तीन महिनामै टिकटकले नेपालबाट हटायो २० लाखभन्दा बढी भिडियो

काठमाडौं – सामाजिक सञ्जाल टिकटकले सन् २०२६ को दोस्रो त्रैमासिकमा