अमेरिकाले पनडुब्बी जहाज मध्यपूर्वका समुन्द्र छेउछाउ राख्यो « Khabarhub

अमेरिकाले पनडुब्बी जहाज मध्यपूर्वका समुन्द्र छेउछाउ राख्यो


२१ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

वासिङटन डिसी– इजरायल– हमास युद्धको बीचमा अमेरिकी सेनाले एक असामान्य घोषणा गरेको छ। सेनाले अमेरिकाको निर्देशित मिसाइल आणविक पनडुब्बी मध्यपूर्वको पानीमा प्रवेश गरेको जनाएको छ । यो पनडुब्बी ओहायो क्लासको हो तर सेनाले यसको नाम भने अझै खुलाएको छैन । 

अमेरिकी केन्द्रीय कमान्डले सामाजिक सञ्जालमा पनडुब्बीको तस्विर शेयर गर्दै लेखेका छन्, ‘ओहायो क्लासको पनडुब्बी आफ्नो जिम्मेवारी क्षेत्रमा प्रवेश गर्दैछ ।’

सीएनएन रिपोर्टका अनुसार ओहायो पनडुब्बी स्वेज नहरको वरपर कतै देखिन्छ। अमेरिकी केन्द्रीय कमान्डले पनडुब्बीको नाम भने खुलाएको छैन । हाल अमेरिकी नौसेनासँग ४ प्रकारका गाईडेड मिसाइल पनडुब्बीहरू छन्। यसबाहेक अमेरिकासँग टमाहक क्रुज मिसाइलले सुसज्जित एसजीएनहरू छन्। एसजीएनले एक पटकमा १५४ टमाहक क्रुज मिसाइल बोक्न सक्छ।

इजरायल र हमासबीचको युद्धमा अमेरिका इजरायलको समर्थन गर्दै आएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले टर्की, इजरायल, इराक, वेस्ट बैंक, जोर्डनसँग मध्यपूर्वको युद्धको अवस्थाका बारेमा बैठक गरिरहेका बेला अमेरिकाले मध्यपूर्वमा आणविक पनडुब्बी तैनाथ गरेको छ । 

यसपछि एकातिर वार्ताको मञ्च अपनाउने र अर्कोतर्फ समुद्रमा पनडुब्बी परिचालन गरे पछि अमेरिकाको रणनीतिमाथि प्रश्न उठिरहेको छ । इराक र सिरियामा रहेका अमेरिकी सेनालाई इरान समर्थित समूहहरूले नियमित रूपमा आक्रमण गर्ने गरेका छन्। 

यसैबीच, अमेरिकाले आफूमाथि भइरहेको आक्रमणको जवाफ दिन सक्छ भन्ने सन्देश मध्यपूर्वलाई दिएको विश्वास गरिएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलबार  ९ : ०३ बजे

कुनै गडगडाहट छैन बूढीगण्डकीको (तस्बिरहरु) 

धादिङ– बूढीगण्डकी नदीमा आएको बाढी शान्त देखिए पनि तटीय क्षेत्रमा

बूढीगण्डकी बाढी : पुल, जलविद्युत् आयोजना र दर्जनौँ घरमा ठूलो क्षति

गोरखा– आइतबार बूढीगण्डकी नदीमा आएको बाढीका कारण नदी तटीय क्षेत्रमा

बेनी–जोमसोम सडक खुल्यो

मुस्ताङ– बेनी-जोमसोम सडक सञ्चालन भएसँगै यहाँबाट १७३ वटा कन्टेनर गन्तव्यतर्फ

 ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

अर्घाखाँची– छत्रदेव गाउँपालिका–३ मथुरा चापटारीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको

टेलिकमको दसैँ अफर, के-के छन् सुविधा ?

काठमाडौं– नेपाल टेलिकमले नेपालीहरूको महान् चाड दसैँ, तिहार तथा छठ