योजना आयोगको देश दौडाह : चार प्रदेशका स्थानीय सरकार र निजी क्षेत्रसँग सुझाव लिँदै « Khabarhub

योजना आयोगको देश दौडाह : चार प्रदेशका स्थानीय सरकार र निजी क्षेत्रसँग सुझाव लिँदै


२१ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १६औँ योजनाका लागि सुझाव लिन राष्ट्रिय योजना आयोगले पहिलो चरणमा चार प्रदेशमा छुट्टाछुट्टै टोली परिचालन गरेको छ । आयोगका सदस्यहरूको नेतृत्वमा परिचालित टोलीले मंगलबार मधेस, बागमती, गण्डकी र सुदूरपश्चिममा सुझाव संकलन गर्दैछन् । 

आयोगले गण्डकी प्रदेशमा आयोग सदस्य डा. रामकुमार फुँयालको नेतृत्वमा टोली परिचालन गरेको छ । आयोग सदस्य डा। फुँयालका अनुसार गण्डकी प्रदेशको पोखरामा सोमबार प्रदेश सरकारसँग छलफल भएको थियो । छलफलमा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहित सरकारका सबै मन्त्री र प्रदेश आयोगका उपाध्यक्ष र सदस्यहरूको सहभागिता थियो ।

मंगलबार भने महानगरपालिका, उपमहानगरपालिका नगरपालिका, गाउँपालिकाका प्रमुख–उपप्रमुख सहित प्रदेश स्तरीय निजी क्षेत्र समेतको सहभागितामा सुझाव लिइने सदस्यले फुँयालले जानकारी दिए । 

उनका अनुसार यो कार्यक्रम गण्डकीसँगै सुदूरपश्चिम, बागमती र मधेश प्रदेशमा समेत जारी रहनेछ । ‘१६औँ योजनामा सबैको सुझाव समेट्ने गरी हामीले टोली परिचालन गरेका हौं’ सदस्य फुँयालले भने, ‘हिजो सोमबार हामीले प्रदेश सरकारका मूख्यमन्त्री र मन्त्री राखेर छलफल गयौँ, आज त्यो भन्दा ठूलो सहभागिता हुन्छ, आजको छलफलमा पालिका प्रमुख उपप्रमुखहरु निजी क्षेत्रको सहभागिता रहनेछ ।’

आयोगले मधेश प्रदेशमा डा। जयकान्त राउतको नेतृत्वमा टोली पठाएको छ भने बाग्मतीमा डा. प्रभु बुढाथोकी, गण्डकीमा डा. फुँयाल र सुदूरपश्चिम प्रदेशमा डा. अनिता शाह ढुंगानालाई पठाएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलबार  ११ : ४४ बजे

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही