नगरकोटमा तीन दिने सडक महोत्सव हुने « Khabarhub

नगरकोटमा तीन दिने सडक महोत्सव हुने


२१ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

नगरकोट- भूकम्प र कोरोना महामारीका कारण शिथिल नगरकोटमा पर्यटकीय गतिविधि बढाउन यही कात्तिक २३ देखि २५ गतेसम्म सडक महोत्सव आयोजना गरिने भएको छ ।

नगरकोट नाल्दुम पर्यटन विकास समिति नगरकोटमा आयोजना गर्न लागेको महोत्सवको तयारी पूरा भएको समितिका अध्यक्ष नवीन गुरुङले जानकारी दिए । उनले नगरकोटलाई आन्तरिक तथा बाह्य पर्यटनको मुख्य केन्द्र बनाउन, पर्यटकको सङ्ख्या बढाउन र रैथाने वस्तुका उत्पादनकर्तालाई लाभान्वित गर्न महोत्सवको आयोजना गर्न लागेको बताए ।

यहाँका होटल तथा रेस्टुरेन्ट व्यवसायी र स्थानीय रैथाने उत्पादकको संलग्नतामा हुने महोत्सवमा स्थानीय किसान र साना व्यवसायीसँगै होटल तथा रेस्टुरेन्टका लागि २५ वटा कक्ष बुक भएको बताए । महोत्सवमा आउने पर्यटकले स्थानीय रैनाथे खानाको स्वादसँगै राष्ट्रिय एवं स्थानीय कलाकारको विभिन्न प्रस्तुतिसमेतको सांस्कृतिक कार्यक्रम हुने उनको भनाइ छ ।

महोत्सवमा चङ्गा चेट प्रतियोगिता समेत हुने भएको छ । नगरकोट बसपार्क नजिकैको नगरकोट चोकमा हुने महोत्सवको अवधि भर यहाँका ठूला तथा साना होटलले बसाइमा १० प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको छ । अध्यक्ष गुरुङले केही होटलले आन्तरिक रुपमा त्यसभन्दा बढी पनि छुट दिनसक्ने बताए ।

चाँगुनारायण नगरपालिका–६ नगरकोटका वडाध्यक्ष एवं समितिका उपाध्यक्ष धनबहादुर तामाङले नगरकोटमा दिगो पर्यटन विकास गरी स्थानीय कला, संस्कृतिलाई पर्यटनसँग जोडेर आर्थिक तथा सामाजिक विकासमा टेवा पुर्‍याउन महोत्सव सफल हुने बताए ।

उनले चाँगुनारायण नगरपालिकाले २०८२ साललाई पर्यटन वर्ष मनाउने नीति अघि सारेको र त्यसका लागि नगरपालिकाले यसवर्ष पर्यटन पूर्वाधारको विकासका लागि रु एक करोड बजेट विनियोजन गरेको बताए ।

समितिका अध्यक्ष गुरुङका अनुसार नगरकोटमा एकदेखि चार स्टारसम्मको ८२ वटा होटल तथा रिसोर्ट सञ्चालनमा छन् । चाँगुनारायण, मण्डनदउपुर, बनेपा र शङ्करापुर नगरपालिकाले महोत्सवमा सहयोग गर्ने भएका छन् ।

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलबार  ३ : ०१ बजे

मधेस सरकारबाट बाहिरियो एमाले

काठमाडौँ- नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार

साउदी अरबमाथि हुथी हमलाको सुरक्षा परिषदद्वारा निन्दा

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले साउदी अरबमाथि नागरिक उड्डयन र

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, ९ जना घाइते

सिन्धुली – बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलान्जर गाउँपालिका–७ स्थित ट्रायल सेन्टर

खगेन्द्र सुनार प्रकरण : रास्वपाको छानबिन टोलीलाई जनआस्थाले बुझायो अडियो र लिखित विवरण

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित प्रतिनिधि सभा सदस्य