बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री दुलालका सुरक्षा अधिकारी मृत फेला « Khabarhub

बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री दुलालका सुरक्षा अधिकारी मृत फेला


२१ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

हेटौँडा- बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालका सुरक्षा अधिकारी मृत अवस्थामा फेला परेका छन् । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक यमबहादुर सुवेदीलाई हेटौँडा–११ स्थित सहिद स्मारक नजिक पेटीको पासो लगाइएको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।

धादिङ खानीखोला इलाका प्रहरी कार्यालयमा दरबन्दी रहेर हाल मन्त्री दुलालको सुरक्षागार्डका रुपमा काम गर्दै आएका सुवेदी झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए ।

सुवेदीलाई ‘मर्निङ वाकमा’ जानेहरुले रुखको फेदमा बसेको र घाँटीमा कम्मरमा बाँधिने पेटीले पासो लगाएको अवस्थामा फेलापारेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलबार  ३ : ३८ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

झापा– पहेँलपुर बनेको बारी, ढकमक्क फुलेका सयपत्री फूल । झापाको

भोटेकोशी बाढी : डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके- गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६

लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि

कञ्चनपुर– कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप