लैंगिक विभेदमुक्त समाज निर्माणमा जोड « Khabarhub

लैंगिक विभेदमुक्त समाज निर्माणमा जोड


२१ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

तनहुँ – गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेमगरले लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनमा आएपछि लैङ्गिक हिंसामा कमी आएको बताएका छन् ।

राष्ट्रिय महिला आयोगद्वारा आज दमौलीमा आयोजित महिला हिंसा निवारणका लागि सुरक्षा निकायसँग रणनीतिक योजना बैठक तथा अन्तक्र्रियामा मन्त्री आलेमगरले महिलालाई जमिनको स्वामित्व दिने व्यवस्थाले आत्मनिर्भर बन्न सहयोग पुर्‍याएको बताए ।

मन्त्री आलेमगरले भने, “नयाँ संविधान कार्यान्वयनमा आएसँगै आर्थिक रूपमा प्रताडित महिलालाई अधिकार प्रत्यायोजन भएको र पुत्रलाभ हुनैपर्छ भन्ने अन्धविश्वासमा कमी आएको छ ।” उनले विगतमा हुने महिलाको सहभागिता निषेधलाई विसं २००७ को आन्दोलनले हरेक क्षेत्रमा सहभागिता बढाउन मद्दत पुर्‍याएको स्मरण गरे।

बहुदल आएपछि सरकार, राजनीतिक दललगायत विभन्न पक्षमा महिलाको सहभागिता बढ्दै गएको उल्लेख गर्दै मन्त्री आलेमगरले हरेक क्षेत्रमा महिला सहभागिता बढ्दा नै अहिले हिंसा न्यूनीरकण हुँदै गएको दाबी गरे ।

राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले विभिन्न क्षेत्रमा महिलाको आवद्धता बढेसँगै समाजबाट हुने हिंसामा कमी ल्याउन सहयोग पुगेको बताउनुभयो । उहाँले समाजमा महिलालाई स्थापित गराउन राजनीतिक दल, समाजले भूमिका खेल्नुपर्नेमा उनको जोड थियो ।

गणतन्त्र आएसँगै प्रत्येक जिल्लामा रहेका महिला विकास कार्यालय हटाउँदा महिलाले सहज रुपमा सेवाबाट वञ्चित हुनुपरेका गुनासो आयोगमा आउने गरेको र यस्ता समस्या समाधान गर्न कठिन भएकाले प्रदेश र स्थानीय सरकारसम्म विस्तार गर्न सके स्थानीय महिलाको समस्या समाधानमा सहज सहयोग पुग्ने अध्यक्ष पराजुलीले बताए।

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलबार  ५ : ४९ बजे

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

इलाम– वडाध्यक्ष सनम राई गाँउका उदाहरणीय कृषक बनेका छन् ।

आशिकाको आक्रोश : विदेशमा मृत्यु भएका नेपालीको शव ल्याउन सरकारले चासो देखाएन

काठमाडौं– रास्वपा सांसद आशिका तामाङले विदेशमा मृत्यु भएका नेपालीहरूको शव

भारतीय सेना प्रमुखलाई नेपालको मानार्थ महारथीको दर्जा

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय सेना प्रमुख धिरज सेठलाई नेपाली

सर्वोच्चमा बहस : सामाजिक सञ्जालमा सार्वजनिक भएको कुरा समाचार बनाउनु अपराध होइन

काठमाडौं– वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई समाचार लेखेकै विषयमा पक्राउ गरिएको

बागमतीका मुख्यमन्त्री इन्द्र बानियाँले दिए राजीनामा

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका छन्