अर्थतन्त्रको गतिलाई वृद्धि गर्ने आधारहरु सिर्जना भएका छन् : अर्थमन्त्री « Khabarhub

अर्थतन्त्रको गतिलाई वृद्धि गर्ने आधारहरु सिर्जना भएका छन् : अर्थमन्त्री


२१ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रको गतिलाई वृद्धि गर्ने आधारहरु सिर्जना भएको बताएका छन् ।

मंगलबार काठमाडौंमा त्रिविवि शिक्षण अस्पतालको मङ्गलादेबी बर्थिङ सेन्टरको उद्घाटन गर्दै मन्त्री महतले अहिले रेमिटेन्स वृद्धि भएको र पर्यटन व्यवसायमा उत्साह छाएको भन्दै अर्थतन्त्रको गतिलाई वृद्धि गर्ने आधारहरु सिर्जना भएको बताएका हुन् ।

अर्थतन्त्रका नकारात्मक बिषयमा सामाजिक सञ्जालमा पोस्ट भएको सामाग्रीले पनि आम मानिसमा आत्मविश्वास कम भएको उनले बताए । उनले अहिलेको अवस्थामा निराश हुनुपर्ने अवस्था नरहेको र आत्मविश्वास जगाउनुपर्ने आवश्यकता रहेको जिकिर गरे । मन्त्री महतले विश्व बैंक, एडिबीसँग जलवायु परिवर्तनको सन्दर्भमा न्यून ब्याजमा ऋण र अनुदानका विषयमा छलफल भएको भएको जानकारी दिए ।

त्यस्तै उनले नेपालको विकासमा भारतीय सहयोग महत्वपूर्ण रहेको बताए । नेपाल–भारत सहयोगअन्तर्गत स्मल ग्रान्ट परियोजनाअन्तर्गत २० वर्षदेखि लगातार भारत सरकारले नेपालको महत्वपूर्ण क्षेत्रमा सहयोग गर्दै आएको उनले बताए ।

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलबार  ६ : १८ बजे

चालु आवमा ६७ करोड ५० लाखको धान खरिद गरिने

काठमाडौं – सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५

काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता

बनेपा – सेवाग्राहीलाई प्राथमिकताका आधारमा सहज र छिटो सेवा उपलब्ध

जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिका–६ डुम्रीडाँडामा आज साँझ बोलेरो जिप

‘विद्युत् व्यापारका लागि भारत भ्रमणमा दीर्घकालीन सम्झौता आवश्यक’

हामीसँग जे छ, जतिवेला छ, त्यसलाई त्यतिवेला नै व्यापार (ट्रेड)