भूकम्पपीडितलाई एनआरएनएको राहत « Khabarhub

भूकम्पपीडितलाई एनआरएनएको राहत


२१ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा कात्तिक १७ गते शुक्रवार राति गएको भूकम्पबाट प्रभावितलाई गैरआवासीय नेपाली सङ्घले आज राहत सामग्री हस्तान्तरण गरेको छ ।

भूकम्पपीडित घरपरिवारका लागि राहत सामग्री हस्तान्तरण गरिएको हो । सङ्घले रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रमा त्रिपाल दुई सय थान, फेन्सी कपडा १० सेट (२०० थान), ब्लाङ्गकेट २०० थान, चप्पल चार सय जोर, चामल चार सय बोरा, दाल सय केजी, एक हजार लिटर तेल, पाँच सय केजी नुन लगायतका राहत सामग्री हस्तान्तरण गरेको हो ।

यस्तै जाजरकोटमा पनि सोही परिमाणमा राहत सामग्री वितरण गरिएको सङ्घले जनाएको छ ।विदेशमा बस्ने नेपाली दाजुभाई दिदी बहिनीको गाँस काटेर सङ्कलन भएको सहयोग भूकम्पपीडित समक्ष वितरण गर्न पाउँदा सन्तोष मिलेको सङ्घले जनाएको छ ।

सन् २०१५ मा गएको गोरखा भूकम्पमा समेत गैरआवासीय नेपाली सङ्घले पाँच सयभन्दा बढी स्वयंसेवक खटाएर राहत तथा उद्धारमा सहयोग गरेको थियो । जाजरकोट र रुकुम पश्चिमको पुनःनिर्माणमा विदेशमा बस्ने नेपालीले सहयोग गर्ने सङ्घको प्रतिबद्धता छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलबार  ६ : ५५ बजे

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई

वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन

मुस्ताङ– भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ

एनपीएल अन्तर्गत विराटनगर र सुदूरपश्चिमबीचको खेल ५ ओभरमा छोट्याइयो

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको दोस्रो खेल ५

महामन्त्री आचार्य नेतृत्वको रास्वपा टोली चीन जाने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिन आचार्य नेतृत्वको