हात्तीको प्रतीक घरमा राख्दा फाइदै फाइदा « Khabarhub

हात्तीको प्रतीक घरमा राख्दा फाइदै फाइदा


२१ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

आफू बस्ने घर सफा र सुन्दर बनाउने सबैको चाहना हुन्छ । यही चाहनाअनुसार विभिन्न वस्तुहरूले घर सजावट गर्ने चलन छ ।

वास्तुशास्त्र अनुसार घरमा सजाइने वस्तुले शुभ र अशुभ दुवै फलको संकेत गर्दछ । विशेष गरी घरमा गणेश, विष्णु, सरस्वतीलगायत देवीदेवताका तस्वीर राख्ने गरेको पाइन्छ ।

यी बाहेक पशुपक्षीका तस्वीर राख्दा पनि घरमा सुख, शान्ति भित्रिने शास्त्रीय मान्यता रहेको छ । यसै सन्दर्भमा आज हामी हात्तीको प्रतीक राख्दा कस्तो फल मिल्छ भन्ने विषयमा चर्चा गर्दैछौँ ।

आफ्नो घर, कार्यालय वा व्यापारिक प्रतिष्ठानमा सही स्थानमा हात्तीको मूर्ति वा तस्वीर राख्दा उक्त घरपरिवारका सदस्यका हरेक इच्छा पूरा हुने वास्तु शास्त्रमा उल्लेख छ ।

हात्तीलाई विघ्नहर्ता भगवान् गणेशको रूपमा पुज्ने गरिन्छ । गणेश भगवान् सन्तान र सम्पत्ति प्राप्तिका प्रतीक मानिन्छन् । घरमा हात्तीको प्रतीमा वा तस्वीर राख्दा श्रीमान् र श्रीमतीबीचको मतभेद हराउने, जीवनमा हरेक क्षेत्रमा सफलता प्राप्त हुने जनविश्वास छ ।

हात्तीलाई ऐश्वर्यको प्रतीक पनि मानिन्छ । बैठक कोठामा पित्तलको हात्तीको प्रतिमा राख्दा शान्ति तथा समृद्धि आउने विश्वास गरिन्छ ।

घरको उत्तर दिशामा चाँदीले बनेको हात्ती राख्नु वास्तुकलाको दृष्टिकोणबाट शुभ मानिन्छ । यो ऐश्वर्यको प्रतीक पनि हो ।

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहीबार  ६ : १८ बजे

सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

झापा– झापाको मेचीनगर नगरपालिका– ६ स्थित मेची पुलमा भारतबाट नेपाल

आदर्श कप फुटबल प्रतियोगिताको उपाधि होराइजन क्लब वालिङ्गलाई

कास्की– स्याङ्जाको होराइजन क्लब वालिङ्गले २६औँ आदर्श कप फुटबल प्रतियोगिता

सुन्तला बिक्रीबाट बागलुङमा करिब २७ करोडको आम्दानी

बागलुङ– यस वर्ष बागलुङमा २६ करोड ९० लाखको सुन्तला उत्पादन

सिन्धुलीका किसानलाई आलु भित्र्याउन र लगाउन भ्याइनभ्याइ 

रामेछाप– सुनकोशी गाँउपालिका– ३ स्थित झाँगाझोली, बोहोरेटार र गणेश स्थान

झापा गोल्डकपको सातौँ संस्करण माघ २४ देखि सुरु हुँदै

झापा– झापा गोल्डकपको सातौँ संस्करण यही माघ २४ देखि फागुन