चिसो मौसममा हुने छालाको एलर्जी र बच्ने उपाय | Khabarhub Khabarhub

चिसो मौसममा हुने छालाको एलर्जी र बच्ने उपाय


२१ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

चिसो मौसममा छालाको समस्याले धेरैलाई सताउने गर्दछ। यो समस्या चिसो मौसममा बढी देखिने गर्दछ। मौसम परिवर्तनसँगै छालामा विभिन्न खालका एलर्जी आउने गर्दछन्। बच्चामा देखिने कतिपय एलर्जी उमेरसँगसँगै हराउँदै जान्छन्। कसले कस्तो खाना खाइरहेको छ। रहनसहन र वातावरण कस्तो छ, त्यसले पनि छालामा फरक पार्छ। झोलिलो पदार्थ खाने, धेरै पानी पिउने, लुगा लगाउँदा भित्र सुतीको लुगा लगाउने र बाहिर उनले बनेको न्यानो लुगा लगाउनुपर्छ। समयमा खाना खाएर र धुम्रपानलाई त्यागेर चिसोबाट हुने एलर्जीबाट बच्न सकिन्छ। छालाको एलर्जी भनेको के हो ? चिसो मौसममा छालाको एलर्जी के कारणले आउने गर्दछ ? यसको उपचार विधि के छ ? भन्ने विषयमा खबरहबका लागि छालारोग विशेषज्ञ डा. शम्भु जोशीसँग पवन भुडभरीले गरेको कुराकानीको सम्पादित अंशः

चिसो मौसममा छाला सुन्निने, डाबर आउने, छाला फुस्रो देखिने जस्ता समस्या हुन्छन्। यो पनि एलर्जी नै हो।

छालाको एलर्जी के हो ?
छालालाई बाबिहरी वातावणबाट कुनै कुराले गर्ने असर छालाको एलर्जी हो। यो चिसो मौसममा बढी देखिने गर्दछ।

चिसो मौसममा कस्तो खालको एलर्जी हुने गर्दछ ?
मौसम परिवर्तनसँगै वातावरणीय प्रभावका कारण पनि एलर्जी हुन्छ। जस्तै आजभोलि शित पर्ने र हिमपात हुने जस्ता कारणले छालामा इन्फेक्सन हुन्छ। त्यस्तै खानपान, विभिन्न क्रिमहरुको जथाभावी प्रयोगले पनि एलर्जी हुन्छ।

चिसोमा छाला सुन्निने समस्या पनि एलर्जी हो ?
हो। चिसो मौसममा छाला सुन्निने, डाबर आउने, छाला फुस्रो देखिने जस्ता समस्या हुन्छन्। यो पनि एलर्जी नै हो।

एलर्जी भएको कसरी थाहा पाउने ?
कसैले केही नयाँ कुरा खायो र एक्कासी स्वास्थ्यमा समस्या भयो भने खानपिनको एलर्जी भनेर बुझ्नुपर्छ। त्यस्तै गर्मी हुने क्षेत्रको मान्छे चिसो ठाउँमा जाँदा समस्या आयो भने चिसोको एलर्जी हो भनेर बुझ्नुपर्छ। पहिले कुनै समस्या थिएन, कुनै ठाउँमा गएर वा कुनै खानेकुरा खाएपछि समस्या भयो भने यो एलर्जी हो भनेर बुझ्नुपर्छ।

बच्चामा देखिने कतिपय एलर्जी उमेरसँगसँगै हराउँदै जान्छन्। त्यसैले एलर्जी उमेर भन्दा पनि व्यक्तिमा भरपर्छ। कसले कस्तो खाना खाइरहेको छ, उसको रहन सहन र वातावरण कस्तो छ त्यसले फरक पार्छ।

एलर्जी आफै निको हुन्छ वा उपचार गर्नुपर्छ ?
कुनै नयाँ कुरा पहिलोपटक खाएपछि एक्कासी स्वास्थ्यमा समस्या हुनसक्छ। अर्कोपटक खाँदा त्यो समस्या देखिएन भने त्यो हाम्रो छालाले बिस्तारै स्वीकार गर्दै लगेको भनेर बुझ्नुपर्छ। जस्तै बच्चा आमाको गर्भबाट बाहिर आउँछ। नयाँ ठाउँमा आउँदा उसमा विभिन्न खाले समस्याहरु आउँछन्। बिस्तारै त्यो सबै कुरा बच्चामा बानी पर्छ। त्यसपछि बच्चाले सामान्य जीवनयापन गर्नसक्छ। त्यस्तै एलर्जी पनि पहिलोपटक देखियो विस्तारै कम हुँदै गयो भने उपचार गर्नु पर्दैन। त्यो आफै ठिक हुन्छ। तर कहिलेकाँही समस्या झन् बढ्दै गयो भने उपचार गर्नुपर्दछ।

छालाको एलर्जी कुन उमेरमा बढी देखिन्छ ?
बच्चामा देखिने कतिपय एलर्जी उमेरसँगसँगै हराउँदै जान्छन्। त्यसैले एलर्जी उमेर भन्दा पनि व्यक्तिमा भरपर्छ। कसले कस्तो खाना खाइरहेको छ, उसको रहन सहन र वातावरण कस्तो छ त्यसले फरक पार्छ।

समयमा खाना खाने, धुम्रपान मद्यपान नगर्ने यी कुरामा ध्यान दियो भने छालाको एलर्जीबाट बच्न सकिन्छ।

एलर्जीबाट बच्न के गर्ने ?
जाडो मौसममा शरीर सुख्खा हुन्छ। त्यसैले छालालाई चिल्लो राख्नुपर्छ। झोलिलो पदार्थ खाने, धेरै पानी पिउने, लुगा लगाउँदा भित्र सुतीको लुगा लगाउने र बाहिर अन्य न्यानो लुगा लगाउनुपर्छ। समयमा खाना खाने, धुम्रपान मद्यपान नगर्ने यी कुरामा ध्यान दियो भने छालाको एलर्जीबाट बच्न सकिन्छ।

छालारोग विशेषज्ञ डा. शम्भु जोशीसँगको कुराकानी

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहीबार  ७ : ०१ बजे

भारतमा सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु, २३ घाइते

नयाँदिल्ली– भारतको छत्तीसगढस्थित बेमेटारामा सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु

संस्कृतिमार्फत पर्यटन प्रवर्द्धन गरिँदै

धादिङ– धादिङको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिकाले संस्कृति मार्फत आन्तरिक तथा

युक्रेनमा रुसलाई सफलता

रुस – भ्लाडिमिर पुटिनको रुसी सेनाले पूर्वी युक्रेनका थप तीन

‘नेपाल यस कारण लगानी अवसरको केन्द्र हो’

धेरैले लगानी सम्भावनाबारे सम्मेलनको उद्घाटन समारोहमा बोल्नुभयो । म त्यसलाई

फ्रेन्च लिग वान : तीन खेल अगावै पीएसजीलाई उपाधि

काठमाडौं– फ्रेन्च लिग वानको उपाधि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले