व्यावसायिक रुपमा सफल बलिउडका चार निर्देशक « Khabarhub

व्यावसायिक रुपमा सफल बलिउडका चार निर्देशक


२१ मंसिर २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


19.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउडमा आफ्ना फिल्म ‘पाँच सय करोड क्लब’मा प्रवेश गराउँने निर्देशकहरू औँलामा गन्न सकिने छन् । अहिलेसम्म चार फिल्मले मात्रै यो सफलता हात पारेका छन् ।

यो सफलता हात पार्ने निर्देशकलाई व्यावसायिक रुपमा सफल मानिन्छ । निर्देशनमा राम्रो दख्खल नभइ यो सफलता हात पार्न असम्भव जस्तै छ ।

तर, निर्देशक राजकुमार हिरानीका कुनै पनि फिल्मले यो सफलता पाएका छैनन् । यद्यपि उनको कुनै फिल्म फ्लप भएका छैनन् । हिरानी यस्ता निर्देशक हुन्– जसलाई दर्शक र आलोचक दुवैले सफल मानेका छन् ।

हिरानीले सन्देशमूलक फिल्म ल्याउने भएर पनि निर्देशनमा उनको माग राम्रो छ ।

व्यवसायिक रुपमा सफल चार निर्देशक 

एसएस राजामौली
पहिलो पटक फिल्मलाई पाँच सय करोड क्लबमा प्रवेश गराउने निर्देशक हुन्– एसएस राजामौली । उनको निर्देशनमा रहेको बाहुबलीले यो सफलता हासिल गरेको थियो । यस फिल्ममा प्रभाव र अनुष्का शेट्टीको मुख्य भूमिका रहेको थियो । 

सिद्धार्थ आनन्द
पठान फिल्मका निर्देश सिद्धार्थ आनन्दले पनि यो सफलताको स्वाद लिन पाएका छन् । शाहरुख खानको मुख्य अभिनय रहेको फिल्म पठानले यो रेकर्ड राखेको थियो । 

अनिल शर्मा
शन्नी देवलको मुख्य भूमिका गरेको गदर–२ को निर्देशन अनिल शर्माले गरेका हुन् । गदर–२ ले २४ दिन लगाएर यो सफलता हासिल गरेको थियो । 

अट्ली कुमार
सबैभन्दा कम १३ दिनमा आफ्नो फिल्मलाई पाँच सय करोड क्लब प्रवेश गराउने निर्देशक अट्ली कुमार हुन् । शाहरुख खानको जवानबाट उनले यो सफलता प्राप्त गरेका हुन् । 

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहिबार  ६ : ४५ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको