पाशुपत क्षेत्रमा मासु तथा मदिरा प्रयोगमा रोक « Khabarhub

पाशुपत क्षेत्रमा मासु तथा मदिरा प्रयोगमा रोक


२१ मंसिर २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जिल्ला प्रशासन कार्यालय काठमाडौँले पशुपतिनाथ मन्दिर परिसर तथा आसपासको क्षेत्रमा मासु, मदिरा तथा नशालु पदार्थ उत्पादन, बिक्रीवितरण, ओसारपसार, भण्डारण र सेवनमा रोक लगाएको छ ।

बालाचतुर्दशी पर्व (शतवीजारोपण पर्व) २०८० लाई मध्यनजर गर्दै आजदेखि मंसिर २७ गतेसम्मका लागि मदिराजन्य पदार्थकाे प्रयोगमा रोक लगाइएको हो ।

पावन पाशुपत क्षेत्रभित्र सुरक्षा लगायत धार्मिक, सांस्कृतिक, मर्यादा र पवित्रता कायम राख्ने उद्देश्यले गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगंगा चक्रपथदेखि उत्तर, मित्रपार्क–उमाकुण्ड–गौरीघाट हुँदै गुहृयेश्वरीदेखि दक्षिणभित्रका सबै भागमा निषेधाज्ञा लागू गरिएको हो ।

कोही कसैले सूचनाको बर्खिलाप हुने गरी कुनै काम गरेमा प्रचलित कानून बमोजिम कारवाही हुने व्यहोरा समेत सूचनामा उल्लेख गरिएको छ ।

 

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहिबार  ७ : २५ बजे

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका