पुस ५ देखि १६ गतेसम्म लेखनाथ महोत्सव हुने « Khabarhub

पुस ५ देखि १६ गतेसम्म लेखनाथ महोत्सव हुने


२१ मंसिर २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

पोखरा– कास्कीको लेखनाथ उद्योग वाणिज्य संघले आगामी पुस ५ देखि १६ गतेसम्म लेखनाथ महोत्सवको आयोजना गर्ने भएको छ ।

संघका अध्यक्ष विनोद श्रेष्ठले पोखरा– २७ स्थित डाँडाकोनाकमा हुने १९ औँ संस्करणको लेखनाथ महोत्सव मार्फत स्थानीय उत्पादन, पर्यटन र उद्योग तथा व्यवसायको प्रवर्द्धन गरिने जानकारी दिए ।

महोत्सव सफल बनाउन ९ सदस्यीय निर्देशक समिति, ४२ वटा उपसमिति र १ सय २० सदस्यीय कार्यसम्पादन समिति गठन गरिएको जनाइएको छ ।

महोत्सवमा ३ सय ३४ वटा स्टल रहनेछन् । तीमध्ये अधिकांश स्टल बुकिङ भइसकेको बताइएको छ । महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका लघु, घरेलु, साना–ठूला औद्योगिक तथा व्यापारिक प्रतिष्ठानहरूका वस्तु तथा सेवा, हस्तकला, यातायातका साधनहरू, कृषि तथा पशुजन्य वस्तुहरू बिक्री तथा प्रदर्शनीमा राखिनेछ ।

महोत्सवलाई पोखरा इको रेड ब्रिक्स प्रालिले मुख्य प्रायोजन गरेको छ । सहप्रायोजकमा पशुपति बिस्कुट र हेटौँडा डेरी, फुड फेस्टिभल प्रायोजकमा न्यूट्रीप्लस शुद्ध तोरीको तेल र प्रवर्द्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्ड रहेको छ ।

विद्यालय स्तरीय शैक्षिक एवं विज्ञान सामग्री, सूचना र सञ्चार प्रविधिमा भएका नयाँ आयामहरूको जगेर्ना, नयाँ प्रतिभाको खोजी अभियान, सांस्कृतिक जगेर्ना कार्यक्रम लगायतका थुप्रै कार्यक्रमहरू दर्शकको रोजाईमा पर्ने आयोजकको विश्वास छ ।

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहिबार  ८ : १६ बजे

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको