नेपाली सेनाका उपरथी सिग्देल रथीमा बढुवा « Khabarhub

नेपाली सेनाका उपरथी सिग्देल रथीमा बढुवा


२१ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले नेपाली सेनाका उपरथी अशोकराज सिग्देललाई रथीमा बढुवा गरेकाे छ ।

आज सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकले सिग्देललाई रथीमा बढुवा गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

रथीमा बढुवा भएसँगै प्रभुराम शर्मापछि सिग्देल प्रधानसेनापति हुने लगभग निश्चित भएको छ ।

नेपाली सेनाले सैनिक मुख्यालय जङ्गी अड्डाले उपरथी सिग्देललाई रथीमा बढुवा गर्न सिफारिस गरेको थियो । सो सिफारिस रक्षामन्त्री पूर्णबहादुर खड्काले मन्त्रिपरिषद बैठकमा पेस गरेका थिए ।

यसअघि रोलक्रममा रहेका उपरथी तारा ध्वज पाण्डेको उमेर विवाद बाहिर आएपछि उनले राजीनामा दिएका थिए ।

यसैगरी सरकारले खानेपानी तथा महशुल निर्धारण आयोगको रिक्त अध्यक्ष पदमा रुद्रप्रसाद गौतम तथा सदस्यमा यशोदा कार्की र कुलभुषण शर्मालाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

यस्तै, विश्व बैंकबाट प्रादेशिक तथा स्थानीय सडक उद्धार कार्यक्रम पहिलो चरणका लागि प्राप्त सहायता सम्बन्धी वार्ता गर्नका लागि अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्न अख्तियारी दिने निर्णयसमेत भएको छ ।

 

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहीबार  ११ : ४६ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु