लोप हुँदै माझी समुदायको मौलिक संस्कृति बाजा « Khabarhub

लोप हुँदै माझी समुदायको मौलिक संस्कृति बाजा


२१ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

मन्थली– रामेछापमा बसोबास गर्ने माझी समुदायको मौलिक संस्कृतिसँग सम्बन्धित परम्परागत वाद्यवादन लोप हुँदै गएको छ । माझी समुदायको चाडपर्व तथा विशेषगरी मृत्यु संस्कारमा नभइ नहुने ढोलक, मादल र झ्याली लोप हुँदै गएको हो । रामेछापलाई माझी जातिको उद्गम थलो मानिन्छ ।

स्थानीय रुपमा ढोलक, मादल र झ्याली पाइन छोडेपछि ड्रम र चाँप बजाएर विधि पुर्‍याउने गरिएको स्थानीयवासी बलबहादुर माझीले बताएका छन् । पछिल्लो समय युवा पुस्ताले बेवास्ता गर्नु, रोजगारी तथा शिक्षाका लागि गाउँ छोड्नु, सामग्री बनाउने कच्चा वस्तुको अभाव हुनु लगायत कारणले ढोलक, मादल र झ्याली लोप हुँदै गएका उनको भनाइ थियो ।

सीमान्तकृत समुदायमा पर्ने यस जातिको संस्कृतिसँग सम्बन्धित वाद्यवादन लोप हुँदै गएपछि संस्कृति संरक्षणमा स्थानीय सरकार जुटेको छ । माझी समुदायको संस्कृति संरक्षण गर्न मन्थली नगरपालिकाको आर्थिक सहयोगमा जिल्लास्थित नेपाल माझी उत्थान सङ्घले ढोलक, मादल र झ्याली विभिन्न समूहमा वितरण छ । 

सङ्घका अध्यक्ष हरि माझीका अनुसार माझी जातिको संस्कृतिअन्तर्गत एक सेट बाजामा दुई मादल, एक ढोलक र एक झ्याली आवश्यक हुन्छ । उहाँका अनुसार संस्कृति संरक्षणमा नगरपालिका चासो दिएपछि माझी खुसी भएका छन् । 

पछिल्लो सयम माझी समुदायको संस्कार संस्कृत लोप हुँदै जाँदा उनीहरूको अस्तित्व नै संकटमा पर्ने खतरा बढेकाले वाद्यवादनसहित संस्कृति संरक्षणमा पालिकासँग माग गरिएको स्थानीयवासी समाजसेवी बालकृष्ण माझीले बताएका छन् ।    

संस्कृतिसँग जोडिएका बाजा लोप हुँदै जाँदा माझीको अस्तित्व नै संकटमा पर्ने अवस्था देखेर उनीहरूका मागका आधारमा नगरपालिकाले वाद्यवादनका सामग्री उपलब्ध गराएको नगर प्रमुख लव न्यौपानेले बताएका छन् । 

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहीबार  १ : २७ बजे

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ – ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

अमेरिकाको मियामीमा विमान दुर्घटना: ५ जनाको मृत्यु, ५ घाइते

काठमाडाैँ – अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा एमेजनको कार्गो

लामिन यामल चम्किएको खेलमा भ्यालेन्सियामाथि बार्सिलोना ५–० ले विजयी

काठमाडाैँ – स्पेनिस युवा स्टार लामिन यामालको उत्कृष्ट दुई गोलको

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणमा ढिलाइ

म्याग्दी – नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा

तनहुँमा ‘डिएनए’ नमूना उपलब्ध गराउन आग्रह

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका