भीरबाट खसेको ढुंगा लागेर एक महिलाको मृत्यु « Khabarhub

भीरबाट खसेको ढुंगा लागेर एक महिलाको मृत्यु


२१ मंसिर २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

बाजुरा– बूढीनन्दा नगरपालिकामा भीरबाट खसेको ढुंगा लागेर आज एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका-३ बडालाकी ३७ वर्षीया धर्मा विष्ट रहेको जनाइएको छ । 

गाउँ नजिकै रहेको देउपानी मेलामा घाँस काट्न गएका बेला भीरबाट ढुंगा खसेर टाउकोमा लागेपछि मृत्यु भएको वडा नं ३ का वडाध्यक्ष जङ्गवीर रोकायाले जानकारी दिएका छन् । 

घाँस काट्दै गरेका बेला एक्कासि भीरबाट ढुङ्गा खसेर टाउकोमा चोट लागेपछि विष्ट घाइते भएकी थिइन्  । भीरबाट खसेको ढुंगा लागेर घाइते भएकी विष्टको उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी लैजाँदै गर्दा बीच बाटोमै मृत्यु भएको वडाध्यक्ष रोकायाले बताएका छन् । 

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहिबार  १ : ३३ बजे

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका