अर्थतन्त्र सुधार गर्न नयाँ घोषण गर्ने तयारी गरिरहेको छु : प्रधानमन्त्री  « Khabarhub

अर्थतन्त्र सुधार गर्न नयाँ घोषण गर्ने तयारी गरिरहेको छु : प्रधानमन्त्री 


२१ मंसिर २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रमा सुधार गर्न केही नयाँ घोषण गर्ने तयारी गरिरहेको बताएका छन् ।

बिहीबारदेखि काठमाडौँमा सुरु भएको रेस्पोन्सेवल बिजनेस समिट कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्र सुधारमा केन्द्रित रहेर अझ वृहत बैठक र केही नयाँ घोषणसमेत गर्ने तयारी गरिरहेको जानकारी दिएका हुन् । उनले अर्थतन्त्रको क्षेत्रमा विद्यमान दबाबलाई चिर्न र देशभित्र लगानीको वातावरणसहित आशाको रक्तसञ्चार गर्न लगातार प्रयास गरिरहेको भन्दै सरकार, निजी क्षेत्र र आर्थिक क्षेत्रका विज्ञहरू सम्मिलित बैठकको आयोजना गरेर अर्थतन्त्रमा सुधार ल्याउन वृहत अन्तरक्रिया समेत गरेको बताए । 

उनले तथ्याङ्कमा हेर्दा अर्थतन्त्रमा सुधारको अनुभूति हुँदै गएको देखिएपनि व्यवहारमा आम जनतामा आशाको रक्तसञ्चार सिर्जना गर्न अझै मेहेनत गर्नुपर्ने परिस्थिति रहेको बताए । प्रधानमन्त्री प्रचण्डले मुलुकको प्रमुख साझेदार निजी क्षेत्र मात्र नभइ सरकार र राज्यका सबै निकाय उत्तिकै जिम्मेवार रूपमा प्रस्तुत हुन आवश्यक रहेको बताउँदै सुशासन र भ्रष्टाचार नियन्त्रणमा सरकारले चालेको कदममा सबैको साथ र सहयोगको लागि आग्रह समेत गरे ।

प्रधानमन्त्री प्रचण्डले दुई दिनसम्म सञ्चालन हुने उक्त कार्यक्रममार्फत समाज, वातावरण र अर्थतन्त्र जस्ता जल्दो बल्दो विषयमा विश्वमा भइरहेका नवीनतम सुधार र प्रयासमा हुने वृहत् छलफल र अन्तरक्रियाबाट मुलुकले अवलम्बन गर्नुपर्ने आगामी कार्यदिशा तय गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले सरकार राष्ट्रिय व्यावसायिक पहललाई आवश्यक सहयोग र साझेदारीका लागि प्रतिबद्ध रहेको बताए ।

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहिबार  २ : ०८ बजे

रुस र युक्रेनका आपतकालीन चेतावनी प्रणालीमा साइबर हमला, झुटा सूचना फैलाइयो

काठमाडौँ – रुस र युक्रेनका आपतकालीन चेतावनी प्रणालीमा साइबर हमला भएको

काठमाडौँका रसिद खानले बनाए अर्धशतक

काठमाडौँ – कर्णाली याक्सविरुद्ध काठमाडौँ गोर्खाजका रसिद खानले अर्धशतक बनाएका

चावहिलमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौँ – काठमाडौंको चावहिलमा बसले मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका

चीनसँगको वैकल्पिक नाकाबाट व्यापारिक गतिविधि गर्न छलफल गरिरहेका छौँ : परराष्ट्र

काठमाडौं– परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले चीनसंगको वैकल्पिक नाकाहरुबाट व्यापारिक

स्रोत नखुलेको १० लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

रौतहट – रौतहटमा स्रोत नखुलेको १० लाख रुपैयाँसहित एक भारतीय