एनसेल प्रकरणबारे उच्चस्तरीय संसदीय छानविनको माग  | Khabarhub Khabarhub

एनसेल प्रकरणबारे उच्चस्तरीय संसदीय छानविनको माग 


२१ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले एनसेल प्रकरणको उच्चस्तरीय संसदीय छानविन गर्न माग गरेको छ ।

बिहीबार सिंहदरबारमा सभामुख देवराज घिमिरेलाई ज्ञापन पत्र बुझाउदै अखिलले एनसेलको गतिविधि देशहित विपरित रहेको भन्दै प्रतिनिधिसभा अन्तर्गत उच्चस्तरीय संसदीय छानविन समिति वा विशेष समितिमार्फत छानविन गरि सत्यतथ्य पत्ता लगाई समस्या समाधान गर्न माग गरेको हो ।

अखिलले एनसेल शेयर खरिद बिक्री प्रकरण आफैमा अपारदर्शी तथा अविश्वसनीय रहेको, पूँजीगत लाभ कर छली तथा नेपाल सरकारलाई स्वामित्व हस्तान्तरणमा आलटाल गर्न उद्देश्य राखेको जनाएको छ ।

अखिलको ज्ञापन पत्र बुझ्दै सभामुख घिमिरेले एनसेलका विषयमा बाहिर आएका बिषय हेर्दा छानविन गर्नुपर्ने आवश्यकता देखिएको बताए । संसदीय समितिहरूले पनि यस विषयमा चासो दिइरहेको र यसमा देखिएको विवादलाई निष्कर्षमा पुर्याउनुपर्ने माग सकारात्मक नै रहेको उनले बताएका छन् ।

उनले एनसेलको भौतिक क्षति नपुराउने गरि दबावका कार्यक्रम गर्न सुझाव दिए । अखिलले यस विषयमा सत्यतथ्य छानविनका लागि सरकारलाई दवाव सिर्जना गर्न विरोध लगायतका कार्यक्रमलाई निरन्तरता दिने कार्यवाहक अध्यक्ष गोविन्द गिरीले बताएका छन् ।

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहीबार  ३ : ४४ बजे

‘बेहुली फ्रम मेघौली’ को गीत ‘उडायो मन’ मा नेपाली र थारु भाषाको मिश्रण

काठमाडौं– फिल्म ‘बेहुली फ्रम मेघौली’ को नयाँ गीत ‘उडायो मन’

फुटपाथ विस्तारले न्यूरोडमा तनाव : महानगरको डोजरमै चढेर अवरोध (तस्बिरहरू)

काठमाडौं- काठमाडौंको न्यूरोडस्थित जुद्ध शालिकदेखि इन्द्रचोकसम्म फुटपाथ विस्तार योजनाले तनाव बढाउँदै

कृषिप्रधान देशमा सिँचाइको अभाव हुन दिनुहुँदैन : मन्त्री खड्का

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले कृषिप्रधान देशमा सिँचाइको

त्रिशूलीमा खसेको एञ्जल बसका चालकको कुशको शव बनाएर बिदाइ

पर्सा– गत शुक्रबार बिहान ३ बजे चितवनको भरतपुर महागनरपालिका-२९ सिमलतालमा

विपद् व्यवस्थापन, खोज र उद्धारमा ८६८ सैनिक परिचालित

काठमाडौं– नेपाली सेनाले देशका विभिन्न स्थानमा विपद् व्यवस्थापन, खोज तथा