दुर्गा प्रसाईँसँग मोर्चा बनाउन सकिन्छ : कमल थापा « Khabarhub

दुर्गा प्रसाईँसँग मोर्चा बनाउन सकिन्छ : कमल थापा


२१ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 1 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले पछिल्लो समय राजावादीहरूको मोर्चा बनाउने प्रस्ताव अघि सारेका छन् । मोर्चामा मेडिकल व्यवसायी दुर्गा प्रसाईं समेटिन सक्ने थापाको भनाइ छ ।

राप्रपाका विभिन्न समुहबीच हाल एकताको सम्भावना नरहे पनि मोर्चा बनाएर अघि जान सकिने थापाको प्रस्ताव छ । यस्तो मोर्चामा दुर्गा प्रसाईँ पनि अटाउन सक्ने उनले खबरहबलाई बताए ।

दुर्गा प्रसाईँले सुरु गरेको राजावादी आन्दोलनलाई कसरी हेर्नुहुन्छ भन्ने खबरहबको प्रश्नमा पूर्वउपप्रधानमन्त्री एवं राप्रपा नेपालका अध्यक्ष थापाको प्रतिक्रिया उनकै शब्दमा–

दुर्गा प्रसाईजीको पृष्ठभूमि र उहाँको व्यक्तित्वका बारेमा सकारात्मक नकारात्मक टिप्पणीहरु छन् । म त्यतापट्टि जान चाहन्नँ । हिजो कसले के गर्‍यो भन्ने कुरा खोज्दै हिँड्यो भने हामी आफ्नो लक्षमा पुग्न सक्दैनौँ । विगतमा कुनै न कुनै किसिमका कमजोरीहरू सबैबाट भएका हुन सक्छन् । कोही पनि दूधले धोएका मान्छेहरू छैनन् । मबाट पनि कमी कमजोरीहरू भएको हुन सक्छ । त्यसकारणले दुर्गा प्रसाईँजीको विगतको बारेमा म चर्चा गर्न चाहन्नँ ।

अहिले उहाँले जुन विषयहरू उठाउनुभएको छ, त्यसको सान्दर्भिकता म देख्छु । हसिहलो कुरो उहाँले आम जनताले अहिले जनताले अहिले भोग्नु परिरहेको पीडालाई आफ्नै भाषा, शैली र ढंगबाट मुखरित गरिदिनुभएको छ ।

अहिले आम जनता आर्थिक मन्दी र संकटको पीडाबाट गुज्रिराखेका छन् । दुर्गा प्रसाईजीले लघुवित्त, सहकारी र बैंकको ऋणको कारणले गर्दाखेरि पीडा भोगिराखेका लाखौं जनताको भावनालाई सडकमा ल्याइदिनुभएको छ । र, अहिलेको व्यवस्था असफल भएको हुँदा राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाको कुरा गर्नुभएको छ । यी दुबै कुरामा  म हाम्रो समानता र निकटता देख्छु ।

तर, दुर्गा प्रसाईँजीको कार्यशैली, उहाँको अभिव्यक्तिका बारेमा चाहिँ प्रश्न गर्न सकिन्छ । त्यसकारणले पनि मैले भनेको के हो भने जनताको भावना छ, जनमत छ, त्यसलाई संगठित गर्तका निमित्त दुर्गा प्रसाईँजी एक्लैले पनि हुँदैन । राप्रपा नेपाल एक्लैले पनि हुँदैन । अरुबाट पनि एक्लैले हुँदैन ।

यदि हामी अहिलेको देशको संकटलाई महसुस गर्छौं र त्यसबाट मुक्ति चाहन्छौँ भने स्वाभाविकरूपले अलिकति क्रान्तिकारी ढंगबाटै आउनुपर्छ । र, त्यसमा मोर्चा निर्माण गरेर अगाडि जान सकिन्छ ।

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहीबार  ५ : १३ बजे

इन्जिनियरिङ पृष्ठभूमिका १७ सांसदसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले इन्जिनियरिङ पृष्ठभूमिका १७ जना सांसदसँग बाढीपछिको अवस्था

सरकारले विगतका ठूला भ्रष्टाचार काण्डको सूक्ष्म अनुसन्धान गरिरहेको छ : सचेतक परियार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले वर्तमान

देउवा उद्‌घाटन सत्रमा आउँदैछन् भनेर झुटो प्रचार भइरहेको छ : महत

 काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले पूर्वसभापति शेरबहादुर देउवा कांग्रेस संस्थापन

कहिले आउँदैछ ‘जिरो डिग्री’ ?, घोडामाथि विजयको अनौठो अवतार

काठमाडौं– फिल्मको नाम ‘जिरो डिग्री’, पोस्टरमा घोडामाथि सवार अभिनेता विजय

अर्जुन दोङको परिवारसँग संवाद गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं – प्रतिनिधिसभाको बैठकमा सांसद आर्यन राईले अर्जुन दोङ तामाङको