कवाडी पसलमा आगलागी थप एकको मृत्यु | Khabarhub Khabarhub

कवाडी पसलमा आगलागी थप एकको मृत्यु


२१ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


555
Shares
  • change font
  • change font
  • change font

सुन्दरहरैँचा मोरङको विराटनगर महानगरपालिका–७ स्थित कवाडी पसलमा आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ । 

बुधबार दिउँसो अचानक आगलागी हुँदा विराटनगर–६ का ४० वर्षीय दीपक मण्डल, ५५ वर्षीया सुशीला पासवान र ६४ वर्षीय सुनिता कामतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालले जानकारी दिएका छन् । 

उनले पासवानको घटनास्थलमा नै मृत्यु भएको तथा मण्डलको उपचारका लागि अस्पताल लैजाने क्रममा र कामतको किर्तिपुरस्थित वर्न अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको जानकारी दिएका छन् । 

आगोमा परी घाइते भएका विराटनगर–६ का ५८ वर्षीय किशोर पासवान, ६० वर्षीया रिता सरदार र कटहरी गाउँपालिका-६ की ३० वर्षीया पिङ्की कामतको किर्तिपुरस्थित वर्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।  

घाइतेहरूलाई नेपाली सेनाको एयर एम्बुलेन्सद्वारा उपचारका लागि लगिएको हो । उक्त आगो छ वटा दमकल, स्थानीय र नेपाल प्रहरीको सहयोगमा नियन्त्रण गरिएको थियो । साथै आगलागीबाट करिब रु ४० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहीबार  ६ : ३४ बजे

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापा– झापाको बिर्तामोड– ७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

एसीसी यु-१६ सेमिफाइनलः नेपालको कसिलो बलिङ, २८ रन बनाउँदा मलेसियाले गुमायो चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

वैदेशिक रोजगारबाट फर्केर केराखेती 

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका– १४ फूलबारी एचगाउँका पुष्पराज भण्डारीले व्यावसायिक

म्याग्दीको दरखोलामा झोलुङ्गे पुल निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका– ३ मुना फलीयागाउँ र दर जोड्ने

मनसुनजन्य विपद् : विगतमा के भयो, के सिकियो ?

काठमाडौं– नेपालमा विगत १० वर्षको अवधिमा मनसुनजन्य विपद्का घटनाहरू तीव्र