तामाङ मौलिक सेलो संगीत महोत्सवको तयारी तिव्र « Khabarhub

तामाङ मौलिक सेलो संगीत महोत्सवको तयारी तिव्र


२१ मंसिर २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तामाङ कलाकारहरूकाे छाता संगठन नेपाल तामाङ कलाकार संघको आयोजनामा तामाङ मौलिक सेलो संगीत महोत्सवको तयारी तिव्र पारिएकाे छ ।

तामाङ मौलिक गीत, संगीत, सभ्यता र संस्कृतिको उत्थान तथा प्रबर्द्धन गर्ने मुख्य उदेश्य राखेर तेस्रो पटक महोत्सव गर्न लागेको संघका अध्यक्ष विशाल काल्तानले जानकारी गराए । साथै उनले डम्फू संस्कृतिले तामाङहरुको उत्पत्ति र सभ्यताको विषयमा उजागर गर्ने अनि तिनै डम्फूको जगमा सिर्जित सेलो संस्कृति र ताम्बा संस्कृतिको संरक्षण गर्न महोत्सवले टेवा पुर्‍याउने बताए ।

हराउँदै गएको तामाङ पहिचानलाई बचाउन सांस्कृतिक चिनारी डम्फू र ताम्बा संस्कृतिलाई राष्ट्रियकरण गर्न यो महोत्सवले महत्त्वपूर्ण भूमिका खेल्नेछ । मंसिर २९ र ३० गते बौद्ध चुच्चेपाटीस्थित हायत होटलको प्राङ्गणमा हुने उक्त महोत्सवको तयारी तिव्र बनाइरहेका छन् । सांस्कृतिक प्रस्तुतिहरू देखि प्राविधिक कार्यहरूको समेत तयारी करिब करिब अन्तिम चरणमा पुगेको छ ।

महोत्सवमा सांस्कृतिक प्रस्तुतिहरूको साथमा विभिन्न कला, संस्कृति, भेषभुषा र तामाङ पहिचान दिने विभिन्न खानाका परिकारहरूको समेत स्टल रहनेछ । बौद्ध स्थित तामाङ सङ्घसंस्थाहरूसँगको सहकार्यमा सांस्कृतिक र्याली सहित बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं तामाङको प्रमुख आतिथ्यतामा कार्यक्रमको उद्घाटन गर्ने संघका महासचिव खेम मोक्तानले जानकारी गराएका छन् ।

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहिबार  ७ : २६ बजे

बाइनान्सको क्रिप्टो चोरीमा उत्तर कोरियाली ह्याकर संलग्न : एफबीआई

न्युयोर्क– विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइनान्सबाट केही मिनेटमै ६

भारी हिमपातका कारण डोल्पामा ६ भारतीय पर्यटक सम्पर्कविहीन

काठमाडौं– डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ मा भारी हिमपातका कारण ६ जना

जीवनयापनको खर्च र सार्वजनिक सेवाको अवस्थालाई लिएर युरोपभर प्रदर्शन

म्याड्रिड– जीवनयापनको बढ्दो खर्च, आवास समस्या, सार्वजनिक सेवाको अवस्था र

२० करोड रुपैयाँ असुली प्रकरणमा साक्षीका रूपमा बलिउड अभिनेत्री नोरा फतेहीलाई बोलाइयो अदालत

काठमाडौं– बलिउड अभिनेत्री नोरा फतेही फेरि एकपटक २० करोड भारतीय

सडक सुरक्षा र ट्राफिक नियम पालनाबारे जनचेतनामूलक कार्यक्रम

काठमाडौं– सडक सुरक्षा अभिवृद्धि, ट्राफिक नियमको प्रभावकारी पालना तथा सुरक्षित