फारवेष्ट पशुपति कप सर्‍यो « Khabarhub

फारवेष्ट पशुपति कप सर्‍यो


२१ मंसिर २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

धनगढी – छैठौं फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिता अब मंसीर २९ गतेदेखि हुने भएको छ। आयोजक फारवेष्ट पशुपति युवा क्लबले यसअघि प्रतियोगिता मंसीर २२ गतेदेखि आयोजना गर्ने जानकारी दिएकोमा प्रतियोगिता एक हप्ता पछाडी सरेको हो।

क्लबले आज एक विज्ञप्ती जारी गर्दै प्रतियोगिता विशेष परिस्थितिका कारणले एक हप्ता सरेको जनाएको छ। क्लबका महासचिव ललित मिश्रले विज्ञप्ती जारी गर्दै विशेष परिस्थितिका कारणले प्रतियोगिता सरेको जानकारी दिएका छन्।

प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले २ लाख पाउने छन्। प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २५ हजार तथा विभिन्न विधाका उत्कृष्टले १५–१५ हजार रुपैयाँ पुरस्कार पाउने आयोजक फारवेष्ट पशुपति युवा क्लबका अध्यक्ष खेम रावतले बताए। प्रत्येक खेलको म्यान अफ द म्याचले पाँच हजार नगद पाउने छन्।

 

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहिबार  ८ : ४५ बजे

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित