सामान्य वर्षासँगै पाथीभरा क्षेत्रमा हिमपात « Khabarhub

सामान्य वर्षासँगै पाथीभरा क्षेत्रमा हिमपात


२१ मंसिर २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


891
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– ताप्लेजुङमा सामान्य वर्षासँगै जिल्लाका उच्च क्षेत्रमा हिमपात सुरु भएको छ। आज साँझ वर्षासँगै पाथीभरा मन्दिरसहितका उच्च क्षेत्रमा सामान्य हिमपात सुरु भएको स्थानीयले बताएका छन्।

वर्षासँगै पाथीभरा मन्दिर क्षेत्रमा हिमपात भइरहेको पाथीभरा क्षेत्र विकास समितिका सदस्य पृथ्वी पालुंवाले बताए। पाथीभरामा यो वर्ष दोस्रो पटक हिमपात भएको हो।

यसअघि कात्तिकमा सामान्य हिमपात भएको थियो। हिउँ पर्न सुरु भएसँगै पाथीभरा क्षेत्रमा चिसो बढेको पाथीभरा क्षेत्रमा काम गर्दै आउनुभएका राजेन्द्र महतले जानकारी दिए।

उता जिल्लाका उच्च क्षेत्र घुन्सालगायत ठाउँमा सामान्य वर्षा भएको छ भने चिसो बढेको छ।

हिउँद लागे यता सदरमुकाम सहितका क्षेत्रमा सामान्य वर्षा हुँदा किसानलाई भने फाइदा पुगेको छ। वर्षाले हिउँदे बालीनालीमा सिँचाइ पुग्ने भएकाले किसानलाई फाइदा पुगेको हो।

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहिबार  ९ : २१ बजे

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने