दक्षिणी भानुआतुमा ७.१ म्याग्निच्युडको भूकम्प « Khabarhub

दक्षिणी भानुआतुमा ७.१ म्याग्निच्युडको भूकम्प


२१ मंसिर २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.7k
Shares
  • change font
  • change font
  • change font

सिड्नी – दक्षिणी भानुआतुमा बिहीबार सात दशमलव एक म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजिएस) ले जनाएको छ । भूकम्पका कारण सुनामीको चतावनीसमेत जारी गरिएको छ ।

युएसजिएसले प्रारम्भमा सात दशमलव तीन म्याग्निच्युडको भूकम्प र ३५ किलोमिटर गहिराइमा गएको सूचना दिएको थियो तर तुरुन्तै आफ्नो भनाइलाई संशोधन गरेको छ । उसका अनुसार ग्रिनविच मिनटाइमअनुसार १२ः५६ मा ४८ किलोमिटर गहिराइमा इसाङ्गेल सहरबाट करिब एक सय २३ किलोमिटर दक्षिणमा र राजधानी पोर्ट भिलाबाट तीन सय ३८ किलोमिटर टाढा भूकम्प गएको छ ।

प्रशान्त सुनामी चेतावनी केन्द्रले भनेको छ, ‘यो भूकम्पका खतरनाक छालहरू भानुआतु र न्यु क्यालेडोनियाको तटमा केन्द्रविन्दुको तीन सय किलोमिटरभित्र आउन सक्छन् ।’ भूकम्पबाट क्षतिको तत्काल कुनै समाचार आएको छैन ।

तीन लाख २० हजार जनसङ्ख्या भएको तल्लो द्वीप समूह भानुआतुमा भूकम्प जानु सामान्य हो । यो भूकम्पीय रिङ अफ फायरमा फैलिएको छ । दक्षिणपूर्वी एसिया र प्रशान्त बेसिनसम्म फैलिएको रिङ अफ फायर तीव्र टेक्टोनिक गतिविधिको चाप हो ।

नोभेम्बरमा उत्तरी भानुआतुमा छ दशमलव सात म्याग्निच्युको भूकम्प गएको थियो । वार्षिक विश्व जोखिम प्रतिवेदनअनुसार भानुआतु भूकम्प, आँधीको क्षति, बाढी र सुनामीजस्ता प्राकृतिक प्रकोपका लागि अतिसंवेदनशील देशहरूमध्ये एक हो ।

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहिबार  ९ : ४३ बजे

ट्रम्पकी प्रेस सचिव एक सातामै पदमुक्त

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी प्रेस सचिव केटी जचारिया नियुक्त

लघुजलविद्युत्को भरमा लमजुङका बस्ती, राष्ट्रिय प्रसारण लाइनको प्रतीक्षा

लमजुङ- लमजुङका केही बस्तीका सर्वसाधारण अझै लघुजलविद्युत्को भरमा छन् ।

बागलुङ कालिकामा बढ्न थाले भक्तजन (तस्बिरहरू) 

बागलुङ–  पर्वत र बागलुङको सीमाना मालढुङ्गास्थित काली पुल मर्मतपछि पुनः सञ्चालनमा

दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका

मनसुनजन्य विपद्‍बाट बेनीमा करोडौँको क्षति, २४२ घर पुनर्निर्माण गर्नुपर्ने

म्याग्दी– यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको बेनी नगरपालिकामा २४२ निजी