दक्षिणी भानुआतुमा ७.१ म्याग्निच्युडको भूकम्प | Khabarhub Khabarhub

दक्षिणी भानुआतुमा ७.१ म्याग्निच्युडको भूकम्प


२१ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.7k
Shares
  • change font
  • change font
  • change font

सिड्नी – दक्षिणी भानुआतुमा बिहीबार सात दशमलव एक म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजिएस) ले जनाएको छ । भूकम्पका कारण सुनामीको चतावनीसमेत जारी गरिएको छ ।

युएसजिएसले प्रारम्भमा सात दशमलव तीन म्याग्निच्युडको भूकम्प र ३५ किलोमिटर गहिराइमा गएको सूचना दिएको थियो तर तुरुन्तै आफ्नो भनाइलाई संशोधन गरेको छ । उसका अनुसार ग्रिनविच मिनटाइमअनुसार १२ः५६ मा ४८ किलोमिटर गहिराइमा इसाङ्गेल सहरबाट करिब एक सय २३ किलोमिटर दक्षिणमा र राजधानी पोर्ट भिलाबाट तीन सय ३८ किलोमिटर टाढा भूकम्प गएको छ ।

प्रशान्त सुनामी चेतावनी केन्द्रले भनेको छ, ‘यो भूकम्पका खतरनाक छालहरू भानुआतु र न्यु क्यालेडोनियाको तटमा केन्द्रविन्दुको तीन सय किलोमिटरभित्र आउन सक्छन् ।’ भूकम्पबाट क्षतिको तत्काल कुनै समाचार आएको छैन ।

तीन लाख २० हजार जनसङ्ख्या भएको तल्लो द्वीप समूह भानुआतुमा भूकम्प जानु सामान्य हो । यो भूकम्पीय रिङ अफ फायरमा फैलिएको छ । दक्षिणपूर्वी एसिया र प्रशान्त बेसिनसम्म फैलिएको रिङ अफ फायर तीव्र टेक्टोनिक गतिविधिको चाप हो ।

नोभेम्बरमा उत्तरी भानुआतुमा छ दशमलव सात म्याग्निच्युको भूकम्प गएको थियो । वार्षिक विश्व जोखिम प्रतिवेदनअनुसार भानुआतु भूकम्प, आँधीको क्षति, बाढी र सुनामीजस्ता प्राकृतिक प्रकोपका लागि अतिसंवेदनशील देशहरूमध्ये एक हो ।

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहीबार  ९ : ४३ बजे

माछा मार्न गएका युवकको गोहीको आक्रमणमा परि मृत्यु

भरतपुर – बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा

बाह्र वर्ष लगाएर खेलमैदान निर्माण

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा सुरु भएको १२ वर्षपछि खेलमैदान निर्माण

भोजपुरको चिरखुवा खोलामा पक्की निर्माण

भोजपुर– चिरखुवा खोलामा रु पाँच करोड ६२ लाखको लागतमा २०

रावाबेँसीबाट करोड हाराहारीका लिची बिक्री

खोटाङ– रावाबेँसी गाउँपालिकाका किसानले लिची बेचेर करिब एक करोड आर्जन

नौ वर्षमा टुङ्गियो गाउँपालिकाको केन्द्र

गलकोट– विसं २०७३ मा स्थापना भएको काठेखोला गाउँपालिकाले स्थापनाको नौ