दीपिका र ऋतिकको ‘फाइटर’ लुक सार्वजनिक « Khabarhub

दीपिका र ऋतिकको ‘फाइटर’ लुक सार्वजनिक


२१ मंसिर २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ऋतिक रोशन र दीपिका पादुकोण स्टारर फिल्म ‘फाइटर’ चर्चामा छ । यसैबिच चलचित्रमा दीपिका र ऋतिकको लुक सार्वजनिक गरिएको छ । यो फिल्म भारतको पहिलो एरियल एक्सन फिल्म हुनेछ।

इन्स्टाग्राममा पोस्टर सेयर गर्दै दीपिकाले लेखेकी छिन्– स्क्वाड्रन लिडर मीनल राठोड, कल साइनः मिन्नी, पदनामः स्क्वाड्रन पाइलट र युनिटः एयर ड्र्यागन । यसअघि ४ डिसेम्बरमा ऋतिक रोशनले फिल्मको पहिलो लुक सामाजिक सञ्जालमा सेयर गरेका थिए ।

उनले क्याप्सन लेखेका छन्  ‘स्क्वाड्रन लिडर शमशेर पठानिया उर्फ प्याट्टी।’ उनले आफ्नो पद र एकाइ पनि खुलासा गरेका छन् । फिल्ममा ऋतिक रोशन र दीपिका दुवै स्क्वाड्रन पाइलटको लुकमा देखिनेछन् । दीपिकाको पोस्टमा कमेन्ट गर्दै पति रणवीर सिंहले यसको तारिफ गरेका छन् ।

दीपिकाको लुकको सबैले तारिफ गरिरहेका छन् । अभिनेता९निर्देशक फरहान अख्तरले ऋतिकको पोस्टमा लेखेका छन्९ शार्प लुक। त्यस्तै पूजा हेगडेले लेखेकी छिन्, ‘तपाईं कति राम्रो देखिन्छौँ ?’ ऋतिककी प्रेमिका सबा आजादले पनि कमेन्ट गरेकी छिन्– गो प्याटी ।

‘स्पिरिट अफ फाइटर’ नामको फिल्मको टिजर १५ अगस्टमा रिलिज भएको थियो । ५७ सेकेन्डको यो टिजरमा ऋतिक, दीपिका र अनिल कपूरको एयर फोर्स अफिसर लुक्स सार्वजनिक गरिएको थियो । सिद्धार्थ आनन्दको निर्देशनमा बनेको यो फिल्म २५ जनवरीमा रिलिज हुँदैछ । सिद्धार्थ आनन्दले यो फिल्म २०२१ मा घोषणा गरेका थिए ।

ऋतिक रोशन र दीपिका पादुकोण पहिलो पटक ‘फाइटर’ मा सँगै देखिने भएका छन् । यी बाहेक यस फिल्ममा करण सिंह ग्रोवर र अक्षय ओबेरोय पनि देखिनेछन् ।

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहिबार  ९ : ५१ बजे

सुनकोशी नदीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार