राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक सम्पन्न « Khabarhub

राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक सम्पन्न


२१ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक सम्पन्न भएको छ। देश राजनीतिक, सामाजिक, आर्थिक रूपले सङ्कटपूर्ण अवस्थामा रहेको र शासन व्यवस्था असफल भइसकेको निष्कर्ष निकाल्दै बैठकले आन्दोलनको अपरिहार्यतामा जोड दिएको छ।

बैठकमा राजसंस्था, हिन्दूराष्ट्रको पुनर्स्थापना, संघीयता खारेजीको पक्षमा एवं सुशासन र जनजीविकाका पक्षमा आन्दोलन गर्न गठित मस्यौदा समितिको प्रस्तावलाई परिमार्जनसहित पारित गरिएको छ ।

त्यस्तै इलाममा हुने प्रतिनिधिसभाको उपनिर्वाचनमा पार्टीको तर्फबाट आवश्यक तयारी, समन्वय र सहजीकरण गर्न उपाध्यक्ष हेमजङ्ग गुरुङलाई जिम्मेवारी दिइएको छ।

साथै पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई केन्द्रीय तहमा र सबै तहमा उत्सवको रुपमा मनाउने निर्णय गरेको छ। आगामी राष्ट्रिय सभाको निर्वाचनमा राप्रपा सहभागी हुने, यस सम्बन्धमा अन्य दलसँग आवश्यक सहयोग जुटाउन, संवाद गर्न पार्टीको राजनीतिक विभाग प्रमुख, वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङलाई जिम्मेवारी दिइएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहीबार  १० : १८ बजे

चीनियाँ सहयोग र सीमा नाका सञ्चालनबारे छलफल

काठमाडौं– पूर्वाधार विकासमन्त्री सुनील लम्साल र नेपालका लागि चिनियाँ राजदूत

धौलीगङ्गा जलविद्युतका बाँध खोलिँदै, महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

बैतडी– भारतको उत्तराखण्ड प्रदेशको पिढौरागढस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः

चितवनको कुरिनटारमा रोकिएका मालवाहक सवारी

काठमाडौं– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि चितवनको कुरिनटारमा मालवाहक सवारी रोकिएका

रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

रसुवा– भोटेकोशी बाढीबाट रसुवाका निजी विद्यालयमा ठूलो मानवीय तथा भौतिक

मनसुनजन्य विपद् अझै तर्सिरहन्छ टीकाभैरव

काठमाडौं– यतिबेला मौसम धुम्म छ । बेलाबेला आकाशबाट झमझम पानी परिरहेको