बैतडीमा राष्ट्रिय परिचयपत्र वितरण सुरु | Khabarhub Khabarhub

बैतडीमा राष्ट्रिय परिचयपत्र वितरण सुरु


२१ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडीमा राष्ट्रिय परिचयपत्र वितरण सुरु भएको छ । विवरण भरेको लामो समयपछि जिल्ला प्रशासन कार्यालय बैतडीले कार्ड वितरण थालेको हो ।

विवरण पेस भई राष्ट्रिय परिचयपत्र छापिएर आएपछि प्रशासनले वितरण थालेको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए । जिल्ला प्रशासन कार्यालयमा विवरण पेस गरेकामध्ये हाल १० हजार एक सय २८ परिचयपत्र पुगेका हुन् । तीन वर्ष अगाडि सुरू भएको विवरण सङ्कलन कार्य जिल्ला प्रशासनका साथै वडास्तरमा पनि सञ्चालन गरिएको थियोे ।

राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणालीमा समावेश भएका नागरिकका जैविक र वैयक्तिक विवरणको आधारमा उत्पादन भएको बायोमेट्रिक सूचना र पृथक नम्बर सहितको प्रत्येक व्यक्तिलाई वितरण गरिने राष्ट्रिय पहिचान सहितको बायोमेट्रिक सुविधायुक्त बहुउपयोगी प्रमाणपत्र हो ।

प्रशासनले ‘फिङ्गर प्रिन्ट’ रुजु गर्न र पिन नम्बरसमेत रहेकाले परिचयपत्र लिन आफैँ आउनुपर्ने जनाएको छ । कार्यालयका अनुसार सबै वितरण गर्दा भीड हुने भएकाले मोबाइलमा सन्देश पठाएर वितरण गर्ने गरिएको छ ।

राष्ट्रिय परिचयपत्र लिनका लागि स्वयं व्यक्ति नै उपस्थित हुनुपर्ने प्रमुख जिल्ला अधिकारी पन्थीले बताए । परिचय पत्र सम्बन्धित व्यक्तिको पुनः बायोमेट्रिक भेरिफाई गरेर मात्र कार्ड वितरण हुने हुँदा स्वयं व्यक्ति आफ्नो अनुकूल समयमा उपस्थित हुनुपर्छ ।

अब समाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिर्वाय गरिएको छ । यसपछि नगरिकतामा जन्ममिति सच्याएर अर्थात सरकारी निकायलाई झुक्याएर सामाजिक सुरक्षा भत्ता दिने नागरिक विस्तारै घट्ने विश्वास गरिएको छ । गत वर्ष एक सय बढी नागरिक राष्ट्रिय परिचयपत्रका लागि विवरण पेस गर्ने क्रममा नागरिकतामा जन्ममिति सच्याउने नागरिकलाई कारबाही भएको थियो ।

वैयक्तिक विवरणअन्तर्गत नाम, ठेगाना, जन्ममिति, बुबा–आमाको नाम, हजुरबुबा–आमाको नाम, श्रीमान्–श्रीमतीको नाम, स्थायी–अस्थायी ठेगाना पर्दछन् । जैविक विवरणअन्तर्गत औँठाछाप, दुई वटा आँखाको नानीको फोटो, अनुहारको डिजिटल फोटो, हस्ताक्षर समावेश गरिएको हुन्छ । नागरिकका सेवा सुविधासहित अपराध नियन्त्रण गर्न यो परिचयपत्र महत्वपूर्ण छ ।

राहदानी बनाउन आउनेले अनिवार्य रूपमा पहिला राष्ट्रिय परिचयपत्रको विवरण भरेको हुनुपर्ने नियम छ । बैतडीमा राष्ट्रिय परिचयपत्रका लागि विसं २०७७ असोज पहिलो सातादेखि विवरण सङ्कलनको काम सुरू गरिएको थियोे ।

हालसम्म बैतडीमा एक लाख १३ हजार सात सय ९९ जनाको विवरण सङ्कलन गरिएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहीबार  १० : २१ बजे

आठवर्षसम्म पाएन मङ्गलाले प्रशासकीय भवन बनाउन निःशुल्क जग्गादाता

म्याग्दी- म्याग्दीको मङ्गला गाउँपालिकाको प्रशासकीय भवन निर्माण गर्ने योजना स्थापनाको

पीएसबी नेपालको एक वर्ष पूरा, ‘एनटिभी वर्ल्ड’ शुभारम्भ हुँदै

काठमाडौं– सार्वजनिक सेवा प्रसारण (पीएसबी) नेपालले स्थापनाको एकवर्षे यात्रा पूरा

गर्भवतीलाई पोषण भत्ता वितरण

तनहुँ– तनहुँको व्यास नगरपालिकाले दुई सय ९५ गर्भवतीलाई पोषण भत्ता

रासायनिक मल वितरणका लागि ‘अनलाइन सिस्टम’ विकास गर्छौ : मन्त्री परियार

पर्सा– कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदनप्रसाद परियारले सरकारी

हङकङ सिक्सेस : यूएईसँग नेपाल ४३ रनले पराजित

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबारको खेलमा