टीकापुर अस्पतालमा बिहान आठ बजेदेखि नै ओपिडी सेवा | Khabarhub Khabarhub

टीकापुर अस्पतालमा बिहान आठ बजेदेखि नै ओपिडी सेवा


२१ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

कैलाली –टीकापुर अस्पतालले बिहान ८ बजेदेखि नै ओपिडी सेवा सुरु गरेको छ । यसअघि बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुँदै आएको ओपिडी सेवा बिहान ८ बजेदेखि ४ बजेसम्म सञ्चालन गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

कार्यालय सुरु हुने समयभन्दा अगाडि अस्पतालले ओपिडी सेवा सञ्चालन गरेपछि कर्मचारी र टाढाका बिरामीका लागि सहज भएको छ । बिहानैदेखि ओपिडी सुरु भएपछि आफूलाई सहज भएको टीकापुरका सुवर्ण चौधरीले बताए । ‘आमाको उपचारका लागि कार्यालयमा बिदा लिएर अस्पताल आएको थिए’, उनले भने, ‘विहान ९ बजे नै आमाको उपचार सकिएपछि बिदा रद्द गरेर कार्यालय जान सकेँ ।’

अस्पतालले बिहानको समयमा ओपिडी सेवा सञ्चालन गर्दा आफूहरुलाई सहज भएको स्थानीय नरबहादुर विष्टले बताए । त्यसैगरी लम्कीबाट उपचारका लागि टीकापुर अस्पताल आउनुभएकी सीता देवकोटाले पनि ओपिडी सेवा बिहानै सुरु भएकाले धेरै समय कुर्नु नपरेको बताए । ‘यसअघि आउँदा दिनभरी पालो कुर्दै बस्नु परेको थियो, विहानैदेखि ओपिडी सुरु भएपछि यसपाली दिनभर बस्नु परेन, उपचार पनि समयमै भयो’, उनले भने ।

अस्पताल विकास समितिका अध्यक्ष झपटबहादुर सोडारीले ओपिडी सेवाको समय बढाउने निर्णय यसअघि नै गरेको बताए । नाम दर्ताका लागि अस्पताल पुग्ने व्यक्ति उपचार नगरी घर नफर्किओस भन्ने उद्देश्यले ओपिडी सेवा विहानैदेखि सुरु गरिएको उनले बताए । ‘सेवाग्राहीहरुले विहान नाम दर्ता गरेर घर फर्कने र फेरि उपचारका लागि आउनु पर्ने बाध्यता थियो, बाहिरबाट आउने सेवाग्राहीले पनि लामो समय कुर्नुपर्ने अवस्था थियो’, उनले भने, ‘सेवाग्राहीको भिडभाड कम होस्, सबैले सर्वसुलभ सेवा पाउन भनेर ओपिडी सेवा विहानैदेखि सुरु गरिएको हो ।’

अस्पतालले जेष्ठ नागरिकहरूका लागि शनिबार विहान १० बजेदेखि दिउँसो २ बजेसम्म ओपिडी सेवा उपलब्ध गराउँदै आएको छ । हाल अस्पतालमा हाल २० जना चिकित्सकले सेवा दिइरहेका छन् ।

अस्पतालले मृगौलाको डायलासिस सेवा सञ्चालनको प्रक्रिया अघि बढाएको छ । ‘डायलासिस सेवा सञ्चालनका लागि उपकरण आइसकेको छ । अब त्यसको जडान र जनशक्ति व्यवस्थापनको कुरा मात्रै बाँकी छ’, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रेमकुमार राईले भने, ‘सम्भवत केही महिनामै डायलासिस सेवा सञ्चालन हुन्छ ।’

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहीबार  १० : ३७ बजे

बङ्गलादेशका पूर्व प्रधानमन्त्री हसिनाको गृहनगरमा झडप, २० जना पक्राउ

गोपालगञ्ज – अपदस्थ प्रधानमन्त्री शेख हसिनाका समर्थक र सुरक्षाकर्मीबीच भएको

भरतपुरमा ट्र्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

भरतपुर – चितवनमा ट्र्याक्टरको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको

मुस्ताङ आउने पर्यटक ५५ दशमलव ३ प्रतिशतले बढे

मुस्ताङ – उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक बनेपछि मुस्ताङमा

मुस्ताङमा साइकल ट्रेल

मुस्ताङ – मुस्ताङको घरपझोङ–४ जोमसोमदेखि बारागुङ मुक्तिक्षेत्र–५ धार्काजुङसम्म साइकल ट्रेल

एमाले सचिवालय बैठक सात घण्टादेखि जारी

काठमाडौं – नेकपा एमालेको सचिवालय बैठक केन्द्रीय कार्यालय च्यासलमा जारी