रुसले आफ्ना शीर्ष नेताविरुद्ध जासुसी गरेको बेलायतको आरोप « Khabarhub

रुसले आफ्ना शीर्ष नेताविरुद्ध जासुसी गरेको बेलायतको आरोप


२१ मंसिर २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

लन्डन – बेलायत सरकारले बिहीबार रुसी सुरक्षा सेवामाथि आफ्ना शीर्ष राजनीतिज्ञ, पत्रकार र गैरसरकारी संस्थाहरूविरुद्ध लगातार साइबर जासुसी अभियानमा संलग्न भएको आरोप लगाएको छ ।

रुसमाथि यसअघि पनि बेलायतको राजनीतिमा हस्तक्षेप गरेको आशङ्का गरिएको छ । विभाजनकारी २०१६ ब्रेक्सिट जनमत सङ्ग्रहमा रुसले हस्तक्षेप गरेको आशङ्का छ । यद्यपि उक्त हस्तक्षेपको अनुसन्धानमा असफल रहेकामा कन्जरभेटिभ सरकारको आलोचना गरिएको छ ।

पछिल्लो दावीमा बेलायती विदेश मन्त्रालयले रुसको सङ्घीय सुरक्षा सेवा ९एफएसबी० बेलायतको राजनीतिक प्रक्रियाहरूमा हस्तक्षेप गर्ने असफल प्रयासको पछाडि थियो भन्दै उक्त मामिलाबारे लन्डनमा रुसका राजदूतलाई बोलाइएको बताएको छ ।

‘बेलायतको राजनीतिमा हस्तक्षेप गर्ने रुसका प्रयासहरू सम्पूर्णरूपमा अस्वीकार्य छ र उसले हाम्रो लोकतान्त्रिक प्रक्रियाहरूलाई जोखिममा पार्न खोजेको छ’, बेलायतका विदेशमन्त्री डेभिड क्यामरुनले एक विज्ञप्तिमा भने, ‘हामी जिम्मेबार व्यक्तिहरूमाथि प्रतिबन्ध लगाएर र आज रुसी राजदूतलाई बोलाएर प्रभाव पार्ने उसको कुत्सित प्रयासहरू उजागर गर्दैछौँ र रुसले विश्वव्यापी मञ्चमा कसरी कामको छनोट गर्छ भनेर उदाहरणका लागि प्रकाश पार्दैछौँ ।’

क्यामरुनको कार्यालयले सेन्टर १८ (एफएसबीभित्रको एकाइ) बेलायतलाई लक्षित गर्ने ‘साइबर जासुसी कार्यहरूको दायरा’ का लागि जिम्मेबार रहेको बताएको छ । एफएसबीले धेरै राजनीतिक दलका सांसदहरूलाई लक्षित गरेको र केही साइबर हमलाका कारण कम्तीमा सन् २०१५ देखि सन् २०२३ सम्म एउटा अपरेसनमा कागजातहरू ९लिक० चुहावट भएको बेलायत सरकारले दाबी गरेको छ ।

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहिबार  ११ : ०१ बजे

तस्बिरमा हेर्नुहोस् जलमग्न इमाडोल, ढल निकास नहुँदा घर-पसलहरू डुबानमा

काठमाडौँ– लगातारको वर्षाका कारण ललितपुरको महालक्ष्मी नगरपालिका–१ स्थित इमाडोल क्षेत्र

बुढानीलकण्ठमा देउवा पक्षको तेस्रो अधिवेशन (तस्बिरहरू)

काठमाडौँ – नेपाली कांग्रेसको देउवा पक्षले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत शनिबार

बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध, सवारीसाधन बीच बाटोमै रोकिए

काठमाडौँ– निरन्तरको वर्षाका कारण बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको

भम्केनी धाममा ७५ फिट अग्लो नेपाल आमाको मूर्ति निर्माण हुँदै

कञ्चनपुर– धार्मिक पर्यटनले पूर्व-पश्चिम जोड्ने उद्देश्यका साथ कञ्चनपुरको भीमदत्त नगरपालिका-८

भारतले गर्‍यो आफ्नै नेभिगेसन प्रणाली सुदृढ पार्न नयाँ उपग्रह प्रक्षेपण

काठमाडौँ– भारतले आफ्नो स्वतन्त्र नेभिगेसन प्रणाली ‘नेभिगेसन विथ इन्डियन कन्स्टेलेसन’