मुख सफा नगर्दा दाँत फाल्नुपर्ने हुनसक्छ | Khabarhub Khabarhub

मुख सफा नगर्दा दाँत फाल्नुपर्ने हुनसक्छ

मुख स्वास्थ्य, जीवनको सौन्दर्य



पछिल्लो समय मानिसको मुख स्वास्थ्य धेरै समस्या आएको चिकित्सकहरूले बताएका छन्। मुख स्वस्थ्य भए सिंङगो शरीर स्वस्थ हुने पनि उनीहरू बताउँछन् । मुख स्वस्थमा दाँतले खेलेको भूमिका र कसरी दाँत र मुखको ख्याल गर्ने त ? साथै कस्तो ब्रस र मन्जनको प्रयोग गर्ने ? बालबालिकाको सवालमा के गर्ने लगायतका विषयमा आधारित भएर खबरहबका लागि वरिष्ठ दन्त चिकित्सक डा. हरिश जोशीसँग विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश:

मुखमा कस्तो समस्या देखिएको छ ?
मुख स्वास्थ्यमा धेरै कुराहरू जोडिन्छ । मुख मान्छेको सौन्दर्यदेखि लिएर स्वस्थ पाचन प्रणालीसँग पनि जोडिन्छ । मुख स्वस्थमा समस्या आयो भने स्वस्थमा पनि धेरै असर पर्दछ। पहिला नेपालमा मुख स्वास्थ्यको बारेमा जनचेतना फैलिएको थिएन तर अहिले धेरै जनचेतना फैलिएको छ । गाउँ गाउँमा पनि धेरै कार्यक्रमहरू सञ्चालन भइरहेको हुँदा यो समस्या धेरै कम भएको छ । उपचारका उपकरण पनि अहिले धेरै आएका छन् । धेरै सुविधा भएको कारणले यो रोग समयमा पहिचानमा भएको छ । मुखमा धेरै हुने रोग भनेको दाँत किराले खाने समस्या हो । सुरुमा दाँत किराले खाँदा कसैले वास्ता गर्दैनन् । त्यसले पछि दीर्घकालीन रूपमा जस्तो गिजा पाक्ने दाँत झर्ने सम्मको समस्या आउनसक्छ । खानेकुराहरू मुखमा अड्काई राख्ने समयमा ब्रस नगर्ने, कुल्ला नगर्ने हुँदा दाँत माझ्दा रगत पनि आउन सक्छ र समय नपुगी दाँत फाल्नु पर्ने वा निकाल्नु पर्ने अवस्था पनि आएको छ । शरीरमा भएका अन्य रोगजस्तो सुगरका बिरामीमा पनि दाँत हल्लिने र रगत बग्ने हुन्छ ।

सानै उमेरमा पनि दाँत फाल्नु पर्ने अवस्था किन आउँछ ?
बच्चा बेलामा लिटो र दूध खुवाउँदा त्यो मुखमा रहयो भने त्यसले दाँतको इनामेल खियाउँछ । त्यसैले दूध खुवाएपछि थोरै पानी खुवाउने, कुल्ला गराउने र ब्रस गराउने गर्नु पर्दछ । पहिला पहिला बच्चा रोयो भने चिनी खुवाउने चलन थियो त्यो हटेर अहिले क्यान्डिहरु खुवाउने चकलेट लगायतका गुलिया कुरा खुवाउने गरिन्छ । त्यो कम गर्ने र पानीले कुल्ला गराई हाल्नु पर्दछ र प्रत्येक ६ महिनाको अन्तरालमा दन्त चिकित्सकलाई भेट्नु पर्दछ ।

सुरुमा समस्यालाई वेवास्ता गर्दा पछि कस्तो समस्या देखा पर्दछ ?
दाँत किराले खाएर समयमा उपचार भएन भने हाम्रोमा दाँत किराले खायो भने फार्मेसिमा गएर दुखाई कम हुने औषधि खानु हुन्छ । त्यसले गर्दा पछि गएर निकाल्नु पर्ने हुन्छ । तर समयमा अस्पताल जाँदा जोगाउन सकिने रहेछ भने भरेर जोगाइन्छ । निकाल्नु पर्ने अवस्था रहेछ भने त्यो निकालेर अर्को राख्न सकिन्छ ।

पहिलाको जस्तै पछि राखेको दाँतले काम गर्छ त ?
अहिले इम्प्लान भनेको रोप्ने हो भित्र जडान गर्ने हो । पहिलाको हाम्रो दाँतले जसरी काम गर्छ त्यसले पनि त्यसरी नै काम गर्दछ ।

सिमेन्ट भरेको दाँतले कसरी काम गर्छ ?
सिमेन्ट भरेको दाँतले पहिलाको जस्तै १०० प्रतिशत त गर्ला भन्न सकिँदैन तर ९९ प्रतिशतको काम गर्दछ ।

बिहान देखि बेलुकासम्म मुखको हेरचाह कसरी गर्ने ?
हामीले खाने खानेकुरादेखि हाम्रो व्यवहारमा निर्भर हुन्छ यो । बिहान र बेलुका खाना खाएपछि दिनमा दुई पटक दाँत माझ्ने, मनतातो पानीमा नुन राखेर कुल्ला गर्ने । लसुन प्याज खाने मान्छेको मुख गनाउँछ । यस्तो कुरा खाएपछि दाँत माझ्नुपर्छ । ब्रस गर्ने र नुन पानीले कुल्ला गर्दा यो समाधान हुन्छ । पान, सूर्तीजन्य बस्तुको सेवनले पनि दीर्घकालीन रूपमा क्यान्सर समेत हुन सक्छ ।

ब्रस गर्दा कसरी गर्ने ?
धेरै घोटेर ब्रस गर्दा, दाँतलाई खियाउँदै जान्छ र पछि थोरै चिसो पर्दा पनि सिरीङ सिरीङ हुने हुन्छ । दाँतको चारै तिर गिजालाई पनि सफा गर्ने गरी गर्ने । त्यसैले सही तरीकाले ब्रस गर्ने र सही ब्रसको छनोटले यो रोकथाम गर्न सकिन्छ । दैनिक नरम ब्रसको प्रयोग गर्ने, त्यसैले वर्षमा दुई पटक दन्त चिकित्सकलाई भेट्दा कुनै समस्या भए र शरीरमा अन्य रोगहरू लागे पनि पत्ता लाग्छ ।

कस्तो मन्जनको प्रयोग गर्ने ?
मन्जनले कुनै पनि समस्या हुँदैन । किनभने मन्जन बनाउँदा त्यसको क्वालिटी जाँच गरेर बनाएको हुन्छ ।

वरिष्ठ दन्त चिकित्सक भएको नाताले के सन्देश दिन चाहनु हुन्छ ?
मुख स्वास्थ्यलाई जोगाउनु होस यो भनेको जीवनको सौन्दर्य हो । यदि कुनै समस्या छ भने दर्ता वाला दन्त चिकित्सककोमा दाँत देखाउनु होला भन्न चाहन्छु ।

(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  ७ : २३ बजे

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख २१ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार तदनुसार

कसको गल्तीले रोकियो देशभरको इन्टरनेट सेवा? सरकार र सेवा प्रदायक आरोप-प्रत्यारोप

काठमाडौं- नेपालभर बिहीबार अपरान्हदेखि करिब ६ घण्टासम्म इन्टरनेट सेवा प्रभावित

सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित

वासिङ्टन – सात महिनाको युद्धपछि गरिबी दर बढेसँगै प्यालेस्टिनी अर्थतन्त्र