मौसममा सुधार भएन : शीतलहरले जनजीवन प्रभावित « Khabarhub

मौसममा सुधार भएन : शीतलहरले जनजीवन प्रभावित


२४ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – डेढ हप्तादेखि तराईमा चलिरहेको शीतलहर अझै कायमै छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका धेरैजसो क्षेत्रमा अधिकतम र न्यूनतम तापक्रमको अन्तर निकै घटेको छ भने अधिकतम तापक्रम पनि औसतभन्दा पाँच डिग्रीले झरेको छ।

जसकारण तराईका धेरै क्षेत्रमा हुस्सु र कुहिरोसहित शीतलहर छ। पूर्वी र पश्चिमी तराईमा मध्यान्नपछि क्रमिक रुपमा सुधार गएपनि मध्यतराईमा भने दिनभर कुहिरो लाग्ने गरेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। पहाडी भूभागमा मौसम सामान्यतया सफा छ।

दिउँसो प्रदेश १, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिक बदलीको सम्भावना छ। राति सुदूरपश्चिम, कर्णाली र गण्डकीका पहाडी भूभागमा आंशिक बदली हुनसक्ने ठानिएको छ।

सोमबार सुदूरपश्चिम, कर्णाली र गण्डकीका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  ६ : ३० बजे

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौं – सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

खेतखेतमा विद्युत् पुग्नुपर्छ : मन्त्री घिसिङ

नवलपरासी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर