माधव नेपाल र उपेन्द्र यादवसँग प्रधानमन्त्री प्रचण्डको भेट « Khabarhub

माधव नेपाल र उपेन्द्र यादवसँग प्रधानमन्त्री प्रचण्डको भेट


२४ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा आज भएको भेटमा समर्थनसहित सरकारलाई विश्वासको मत दिने र सरकारमा सहभागी हुने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा प्रधानमन्त्री दाहालले दुवै अध्यक्षसँग सरकारलाई विश्वासको मत दिन आग्रह गरेका थिए।

यही पुस १० गते एक सय ६९ सांसदको समर्थनसहित प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै छन् । नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम नियुक्त प्रधानमन्त्रीले उपधारा ४ बमोजिम ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान छ ।

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  १२ : २४ बजे

तस्बिरमा हेर्नुहोस्, कुलमानको काठमाडौं–३ मा घरदैलो अभियान (तस्बिरहरू)

काठमाडौं–  उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौं निर्वाचन क्षेत्र नम्बर

न्यून गुणस्तर भेटिएपछि ‘एनक्लेभ ओडी’ औषधि बजारबाट फिर्ता गर्न विभागको निर्देशन

काठमाडौं– औषधि व्यवस्था विभागले बजारमा बिक्री भइरहेको ‘एनक्लेभ ओडी नामक

जब विद्यार्थी नेताले बंगलादेशको आन्दोलनमा लगाएको टीसर्टमै सांसदको शपथ लिए…

ढाका- बंगलादेशमा शेख हसिनाको सत्ता उखेल्ने गरी सन् २०२४ जुलाईमा

काठमाडौं-१ मा रञ्जु दर्शनाको घरदैलो (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रञ्जु दर्शनाले काठमाडौं निर्वाचन क्षेत्र

एआई पूर्वाधारमा भारतको दुई खर्ब डलर रणनीतिक पहल

नयाँदिल्ली– आर्टिफिसियल इन्टेलिजेन्स(एआई) को विश्वव्यापी प्रतिस्पर्धा तीव्र बन्दै गइरहेका बेला भारतले