राष्ट्रिय महिला तथा पुरुष भलिबल : पुलिस र आर्मीको जित | Khabarhub Khabarhub

राष्ट्रिय महिला तथा पुरुष भलिबल : पुलिस र आर्मीको जित


२४ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सातौँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फको खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ।

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आज भएको खेलमा पुलिस क्लब नयाँबजार सामाजिक युवा क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी भएको हो।

खेलमा पहिलो सेट २५–१० ले आफ्नो पक्षमा पारेको पुलिस क्लबले दोस्रो २५–६ ले जित्यो। तेस्तै तेस्रो सेट पुलिस क्लब २५–८ ले विजयी भयो। यस जितसँगै पुलिसले प्रतियोगितामा तीन अङ्क जोडेको छ।

यसैगरी आजै भएको महिलातर्फको अर्को खेलमा त्रिभुवन आर्मी क्लब कृष्ण माध्यमिक एकेडेमीलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी भएको छ। आर्मीले कृष्ण माध्यमिक एकेडेमीमाथि पहिलो सेट २५–३ ले पराजित गर्‍यो भने खेलको दोस्रो सेट २५–५ ले हरायो। त्यस्तै आर्मीले खेलको तेस्रो सेट २५–१० आफ्नो पक्षमा पार्दै आफ्नो टोलीको जित सुनिश्चित गर्‍यो।

च्याम्पियनसिपमा महिलातर्फ आठ टोली सहभागी छन् भने पुरुषतर्फ १४ टोलीले सहभागिता जनाएका छन्। च्याम्पियनसिपको महिला र पुरुषतर्फको विजेता टोलीले रु चार लाख पाउनेछ भने उपविजेताले रु दुई लाख प्राप्त गर्नेछ। त्यस्तै तेस्रो हुने टोलीले रु एक लाख पाउनेछ।

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  १ : ०० बजे

१६औं योजनामा सुशासन सोच : झस्किए नेता !

काठमाडौं – १६औं योजनाको मस्यौदाको सोचमा ‘सुशासन’ शब्द प्राथमिकतामा राखिँदा

बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम

सर्लाही । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाही र रौतहट जोड्ने बागमती नदीमाथिको

आयोगले भन्यो : उपनिर्वाचनमा निर्धक्कसँग मतदान गर्नू

काठमाडौं- निर्वाचन आयोगले इलाम–२ मा र बझाङ–१ (क) मा शनिबार

कांग्रेस बलियो भए मात्रै सबैले फाइदा लिन सक्छन् : डा. महत

काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले