लोसपाको कार्यकारिणी समितिको बैठक सुरु « Khabarhub

लोसपाको कार्यकारिणी समितिको बैठक सुरु


२४ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने सम्बन्धमा पार्टीको धारणा बनाउन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको कार्यकारिणी समितिको बैठक सुरु भएको छ ।

पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बैठक सुरु भएको हो । यही पुस २६ मा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिनेबारे पार्टीका नेताहरुको धारणा बनाउन बैठक बोलाइएको लोसपाका कार्यकारिणी सदस्य डा. सुरेन्द्रकुमार झाले जानकारी दिए ।

“बैठकमा पार्टीको सङ्गठन सुदृढीकरण, निर्वाचनको समीक्षा, पार्टीको मधेश प्रदेशको परिमार्जनलगायत विषयमा छलफल हुनेछ”, उनले भने । पार्टी अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा बसेको बैठकमा वरिष्ठ नेता राजेन्द्र महतो, शरतसिंह भण्डारीलगायत नेताहरु सहभागी छन् । लोसपाको प्रतिनिधिसभामा चार जना सांसद छन् ।

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  २ : ३१ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार