थारु कला संस्कृति संरक्षणमा नयाँ पुस्ताको आकर्षण बढ्दै « Khabarhub

थारु कला संस्कृति संरक्षणमा नयाँ पुस्ताको आकर्षण बढ्दै


२४ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- थारु जातिको कला र संस्कृति संरक्षणमा नयाँ पुस्ताको आकर्षण बढ्दै गएको छ । जिल्लामा हुने विभिन्न कार्यक्रमसँगै मेला तथा महोत्सवमा थारु जातिको मौलिक संस्कृतिका रुपमा रहेका नृत्यको माग बढ्न थालेपछि थारु कला संस्कृतिको संरक्षण र विकासमा नयाँ पुस्ताको अग्रसरता बढ्दै गएको हो ।

विद्यालयसँगै जिल्लामा हुने विभिन्न कार्यक्रम तथा सभा सम्मेलनमा थारु जातिका सम्बन्धित नाचको माग हुन थालेपछि समूह बनाएर सहभागी हुने गरेको घोराही उमहानगरपालिका–१० निवासी १५ वर्षीया अनिता चौधरी बताउँछिन् । कक्षा ११ मा अध्ययनरत अनिता पछिल्लो समय फुर्सदको समयमा थारु नृत्य सिक्नेदेखि कार्यक्रममा सहभागी हुने गर्छिन् ।

“आफूले जानेका नृत्य नाच्ने र नजानेका नाच सिक्दै कार्यक्रममा सहभागी हुने गरेको छु”, उनले भनिन्, “त्यसले गर्दा आफ्नो कला संस्कृतिका बारेमा थप ज्ञानसँगै आर्थिकरुपमा केही आम्दानीसमेत हुने गरेको छ ।”

अनिता जस्तै घोराही–१७ निवासी सुस्मीता चौधरी पनि संस्कृति संरक्षणमा जुटेकी छिन् । आफ्नो मौलिक पहिचानका रुपमा रहेका थारु वेषभूषा, गरगहना लगाउनदेखि नाच्न लजाउने सुस्मीता पछिल्लो समय जातीय वेषभूषामा सजिएर विभिन्न कार्यक्रममा सहभागी हुने गरेको बताउँछिन् । सुस्मीताले थारुको पहिचानका रुपमा रहेका बड्का नाच, छोक्रा नाच, सखिया नाच नाच्नसमेत सिकेकी छिन् ।

“सुरुमा नाच्न मन लागे पनि लाजका कारण डर लाग्थ्यो, जसले गर्दा सार्वजनिक कार्यक्रममा सहभागी हुने र नाच्न मन लाग्दैन थियो”, उनले भनिन्, “तर अहिले सहज जस्तो लाग्छ, आफ्नो जातिगत वेषभुषा र परिहनमा सजिएर नृत्य देखाउँदा खुसी लाग्छ ।” नृत्यसँगै उनलाई थारु जातिका महिलाले परापूर्वकालदेखि चाडपर्वमा लगाउने गरेको लेहङ्गा, घुर्या, हातमा कर्या, घाँटीमा लगाउने सुत्यालगायतका पहिरनमा सजिनसमेत मन लाग्ने गरेको छ ।

आफ्नो कला र संस्कृतिप्रतिको रहरले आफू गाउँदेखि सहरसम्म हुने विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागी हुँदै आएको उनको भनाइ छ ।

थारुबस्ती बाक्लो भएको गाउँबाट पछिल्लो समय थारु समुदायका युवायुवती आफ्नो वेषभूषामा सजिएर सार्वजनिक कार्यक्रममा सहभागी हुनेक्रम बढ्दै गएको छ । जिल्लामा हुने धेरैजसो कार्यक्रममा आफ्नो वेषभूषा र परिहनमा सजिएर नाचगान गर्नेदेखि पाहुनाको स्वागतमा नयाँपुस्ता खटिने गर्छन् । पछिल्लो समय योक्रम झनै बढेको थारु अगुवा चन्द्रप्रसाद चौधरीले बताए ।

आधुनिकतासँगै बाह्य संस्कृतिका कारण ओझेलमा परेको थारु संस्कृतिको विकासमा युवापुस्ताको अग्रसरताले वेषभूषा तथा संस्कृति संरक्षणमा सहयोग पुर्‍याउने उनी बताउँछन् । “थारु समुदायको मौलिक संस्कृतिका रुपमा रहेको मघौटा, बड्कालगायतका नाचमा नयाँ पुस्ता आउँदा खुसी लागेको छ”, चौधरीले भने, “नयाँ पुस्ताको अग्रसरताले ओझेलमा परेको थारु संस्कृति संरक्षणमा सघाउ पु¥याउनेदेखि नयाँ पुस्ताको आकर्षणमा सहयोग पुग्नेछ ।”

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  ४ : ५४ बजे

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी

दोधारा चाँदनी- शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी गरिएको छ

कालीकोटबाट कांग्रेसका तीन जनाको नाम सिफारिस

मान्म– नेपाली कांग्रेस जिल्ला कार्यसमिति कालीकोटले आगामी फागुन २१ गते हुने

आन्दोलनतिर मिराज नेतृत्वका जेन-जी: सुशीला कार्कीलाई बिदा गरेर सर्वपक्षीय सरकार बनाउने

काठमाडौं- जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगानाले भदौ २३ र २४

‘अनटाइटल’ र सर्ट फिल्मलाई अडिसनबाट कलाकार खोजिँदै

काठमाडौं – एक ‘अनटाइटल’ फिल्म र सर्ट फिल्मका लागि कलाकारको

हाङ्देवामा पशुचौपायामाथि भालुको आक्रमण

ताप्लेजुङ– जिल्लाको फुङलिङ नगरपालिका-९ हाङ्देवामा भालुले पशुचौपायामाथि आक्रमण गरी क्षति