पेट्रोलियम पदार्थको मूल्य घट्यो | Khabarhub Khabarhub

पेट्रोलियम पदार्थको मूल्य घट्यो


२४ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पेट्रोलियम पदार्थको मूल्य घटेको छ । आइतबार राति १२ बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य घटाएको हो।

निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा लिटरको तीन रूपैयाँ घटाएको छ भने हवाई इन्धन (आन्तरिक) मा २० रूपैयाँ कम गरेको छ। अब पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजेलरमट्टीतेलको मूल्य १७२ रुपैयाँ कायम भएको छ ।

यसअघि पेट्रोलको भाउ लिटरको १७८ र डिजेल तथा मट्टीतेलको १७५ रूपैयाँ थियो।त्यस्तै नयाँ मूल्यअनुसार हवाई इन्धन (आन्तरिक) को भाउ लिटरको १७० रूपैयाँ भएको छ।

एलपी ग्यासको भने मूल्य यथावत, एक हजार ८ सय रूपैयाँ नै छ।

 

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  ८ : ३८ बजे

देउसीभैलोबाट संकलन भएको पैसाले गाईबाच्छा संरक्षण गरिने

काठमाडौं– गाईबाच्छा संरक्षण लागि खेलिएको देउसीभैलोबाट दुई लाख ४४ हजार

तीन दिनपछि हुम्लामा हवाई उडान सुरु

 सिमकोट – हुम्लाको सिमकोट विमानस्थलमा तीन दिनपछि हवाई उडान पुनः

आगरामा भारतीय वायुसेनाको लडाकु जहाज दुर्घटना, पाइलटले जोगाए ज्यान

नयाँदिल्ली- भारतको उत्तरप्रदेशस्थित आगरामा वायुसेनको एउटा जहाज दुर्घटनामा परेको छ

चोटका कारण भीम र करणले स्कटल्यान्डविरुद्ध नखेल्ने, देव र सागरलाई मौका

काठमाडौं- नेपालले आईसीसी विश्वकप क्रिकेट लिग-२ को त्रिकोणात्मक शृंखलामा सोमबार

ऊर्जामन्त्री खड्का अन्तर्राष्ट्रिय सौर्य गठबन्धन सम्मेलनमा सहभागी

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले भारतमा सुरु भएको