आतंकवाद निर्मूल पार्न मध्य एसियाली मुलुकको भूमिका महत्वपूर्ण : भारत « Khabarhub

आतंकवाद निर्मूल पार्न मध्य एसियाली मुलुकको भूमिका महत्वपूर्ण : भारत


२४ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संयुक्त राष्ट्रसंघमा भारतीय स्थायी प्रतिनिधि रुचिरा कम्बोजले आतंकवाद निर्मूल पार्ने कार्यमा मध्य एसियाली मुलुकको भूमिका महत्वपूर्ण हुने बताएकी छिन् । संयुक्त राष्ट्रसंघको एक कार्यक्रममा बोल्दै कम्बोजले मध्य एसियाली मुलुकहरुसँग प्रतिआतंकवाद सहकार्यमा दीर्घकालीन एवम् रचनात्मक वार्ता जारी रहेको समेत बताइन् ।

राष्ट्रसंघ सुरक्षा परिषदको प्रतिआतंकवाद समितिका प्रतिनिधिहरु मध्य एसियाली मुलुकहरुसँग आतंकवादलाई निर्मूल पार्ने विषयमा सघन छलफलमा समेत रहेको उनको भनाइ छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार हालै मात्र समितिका केही पदाधिकारीले प्रतिआतंकवादका विषयमा छलफल गर्न मध्य एसियाली मुलुक उज्बेकिस्तानको भ्रमण गरेका थिए ।

उक्त कार्यक्रममा मध्य एसियाली मुलुकहरुमा इस्लामिक स्टेट, अल कायदाजस्ता आतंककारी समूहको सक्रियताबारे प्रकाश पारिएको थियो ।

उक्त कार्यक्रममा किर्गिजस्तान, तुर्कमेनिस्तान, ताजिकिस्तान जस्ता मध्य एसियाली मुलुकका प्रतिनिधिले आतंककारी गतिविधि निर्मूल पार्न राष्ट्रसंघले गर्दै आएका कामको प्रसंशा गरेका थिए ।

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  ८ : ५८ बजे

आज वनस्पति दिवस मनाइँदै, हरित अर्थतन्त्रको विकासमा जोड

काठमाडौँ– ‘समृद्धिका लागि वनस्पति’ नारासहित आज देशका विभिन्न भागमा २७औँ

आर्थिक गणनाको सम्पूर्ण तयारी पूरा

काठमाडौँ– दोस्रो आर्थिक गणनाको तयारी अन्तिम चरणमा पुगेको छ ।

विराट गोल्ड कप फुटबल : झापा–११ सँग आर्मी स्तब्ध

मोरङ– विराट गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत शनिबार भएको उद्घाटन खेलमा झापा–११

आज अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस

काठमाडौँ– मानव सभ्यतामा अन्तरिक्ष युगको सुरुवातको स्मरण गर्दै आज अन्तर्राष्ट्रिय

केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल