गोरखामा सञ्चालित अवैध क्रसर उद्योग तत्काल बन्द गर्ने निर्णय « Khabarhub

गोरखामा सञ्चालित अवैध क्रसर उद्योग तत्काल बन्द गर्ने निर्णय


२४ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

गोरखा – गोरखाभित्र सञ्चालनमा रहेका सबै अवैध क्रसर उद्योग तत्काल बन्द गर्ने निर्णय भएको छ । जिल्ला अनुमगन समितिको आज बसेको बैठकले जिल्लाभित्र सञ्चालनमा रहेका अवैध क्रसर उद्योग तथा बालुवा प्रशोधन केन्द्र बन्द गर्ने निर्णय गरेको जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहनबहादुर थापामगरले जानकारी दिए ।

“दर्ता भई सञ्चालन रहेर पनि नवीकरण नभएका, आयोजनाको नाममा अनुमति लिएर आयोजना सम्पन्न भएपछि पनि सञ्चालन भइरहेका क्रसर उद्योग बन्द गर्ने निर्णय बैठकले गरेको छ”, उनले भने, “त्यसबाहेक आयोजनाको नाममा अन्यत्र निर्माण सामग्री बिक्री गर्दै आएका क्रसर उद्योग तथा अवैध बालुवा प्रशोधन उद्योग पनि बन्द गर्ने निर्णय गरिएको छ ।”

गोरखामा सञ्चालनमा रहेका अधिकांश क्रसर उद्योग दर्ता भएर पनि नवीकरण नभएको र दर्ता भएको ठेगानामा सञ्चालनमा नरहेको पर्यटन तथा घरेलु उद्योग कार्यालय गोरखाका प्रमुख सूर्य भुजेलको भनाइ छ । जिल्लामा अहिले सिम्रन क्रसर उद्योग, माई मनकामना क्रसर उद्योग, गोरखकाली क्रसर उद्योगले दर्ता नवीकरण नगरी उद्योग सञ्चालन गरिरहेका छन् । यी उद्योगको २०७३/७४ मा नै म्याद सकिएको भए पनि अहिलेसम्म पनि नवीकरण नगरी सञ्चालनमा रहेको उनले बताए ।

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  १० : ३७ बजे

परम्परा र संस्कृति बिर्सनु हुँदैन : प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो परम्परा र संस्कृति बिर्सन

सुनको मूल्यमा उतारचढाव, दुई लाख ६० हजार नजिक

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर

आर्यन खानलाई डेब्यु निर्देशनमै अवार्ड

काठमाडौं – बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खानले निर्देशनमा

आहा ! आलिताल

डडेल्धुरा– पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम थालिएको

मासुमा मात्रै होइन शाकाहारी भोजनमा पनि पर्याप्त प्रोटिन पाइन्छ 

काठमाडौं– हिजोआज कसरत गर्ने व्यक्तिहरू ‘प्रोटिन सेक, प्रोटिन पाउडर’ किनेर