चैते धान लगाउनेको सङ्ख्या घट्दै « Khabarhub

चैते धान लगाउनेको सङ्ख्या घट्दै


२५ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

दोधारा चाँदनी – कञ्चनपुरमा पछिल्लो समय चैते धानको खेती गर्ने किसानको सङ्ख्या घट्दै गएको छ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान जोनका अनुसार जिल्लामा ५० हेक्टरमा लगाउने लक्ष्य रहे पनि चैते धान लगाउने किसानको सङ्ख्या न्यून छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालय कञ्चनपुरका वरिष्ठ कृषि विकास अधिकृत सञ्जु उपाध्याय रिमालले अन्य धानभन्दा चैते धान बढी फल्ने भए पनि किसान यसतर्फ आकर्षित नभएको बताए।

कैलाली र कञ्चनपुर सुदूरपश्चिम प्रदेशको अन्न भण्डारका रुपमा रहे पनि पछिल्ला वर्षमा दुवै जिल्लामा चैते धान खेतीतर्फ किसानको आकर्षण घट्दै गएको पाइएको छ। “कञ्चनपुरमा ५० हेक्टरमा धान खेती गर्ने लक्ष्य लिए पनि त्यति खेती पुगाउन सकस छ।” उनले भने, “छाडा चौपाया र सिचाँइ अभावका कारण पनि खेती गर्नेको सङ्ख्या घटेको हो।”

चैते धानलाई सिँचाइ बढी चाहिने भएकाले सिँचाइ असुविधाका कारण किसान यसतर्फ आकर्षित नभएको उनले बताए। “चैते धान लगाउँदा धेरै फाइदा हुन्छ, तीन वटा बाली लगाउन मिल्छ अन्य बालीभन्दा बढी फल्छ”, उनले भने, “चैते धानलाई सिँचाइ बढी चाहिन्छ उत्पादकत्व पनि बढी छ।” दुई वर्षयता बर्खे धानबाली भित्र्याउन नपाउँदै बाढीले सखाप पार्न थालेपछि समस्यामा परेका बाढी प्रभावित क्षेत्रका किसान अहिले चैते धान खेती गर्न आकर्षित हुँदैछन्। “अहिले बेर्ना राख्ने समय भएको छ किसान बीउको लागि आउनेक्रम जारी छ”, उनले भने, “बेमौसमी वर्षाले धानमा नोक्सान हुन थालेपछि चैते धान लगाउने किसान आउन थालेका छन्।”

कञ्चनपुरमा चैते धान उत्पादन कार्यक्रम लागूअनुसार ५० प्रतिशत अनुदानमा बीउ उपलब्ध हुने भए पनि चैते धान खेतीतर्फ भने किसानको आकर्षण बढ्न सकेको छैन। बढी पानी जम्ने खल्ला, नहर क्षेत्र, तथा डुबान हुने क्षेत्रमा चैते धान उत्पादन पनि बढी हुने र बर्खे बाली जोगाउन समस्या हुने भएकाले चैते धान खेती गरिन्छ। किसान भने सिँचाइ असुविधा मात्र नभई परम्परागत खेतीका कारण चैते धान लगाउन नसकिएको बताउँछन्। बेदकोट नगरपालिका–७ का खुसी रानाले चैते धान लगाउने समयमा गहुँ खेती हुने भएकाले चैते धान लगाउने किसान न्यून रहेको बताए। “हामीले गहुँखेती पनि गर्नेपर्छ बीउ राख्नका लागि पनि तरकारी खेती गरेकाले ठाउँ अभाव हुन्छ।” उनले भने, “उत्पादन बढी हुने भए पनि सिँचाइ बढी चाहिन्छ हाम्रो यहाँ सिँचाइ सुविधा छैन।”

सरकारले चैते धान खेती विस्तारका लागि थुप्रै लगानी गरे पनि यसको फाइदाबारे जानकारी नहुँदा यसप्रति किसानको आकर्षण नभएको हिरुलाल डगौराले बताए। “चैते धानको फाइदाबारे किसानलाई जानकारी छैन”, उनले भने, “राम्रो उत्पादन भएन भने किसान मार्कामा पर्छन यसको बीमाको सुविधा पनि सरकारले गर्दा राम्रो हुन्छ।” उनले पर्याप्त सिँचाइ अभाव, समयमा मलखाद र बीउबिजन पाउन मुस्किल पर्ने भएकाले पनि किसान आकर्षित नभएको बताए।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  ७ : ४२ बजे

करेन्ट लागेर टिपर चालकको मृत्यु

सिरहा– यहाँको गोलबजार नगरपालिका–२ स्थित गुरुधाम जाने बाटोमा टिपरको हाइड्रोलिक

०१५ सालका मतदाता सुरेन्द्रबहादुर भन्छन्- राजनीति नै स्वार्थको साधन बनेपछि नयाँ पुरानाको भेद रहेन

नेपाली कांग्रेसले घरदैलो पुरानो बानेश्वर चोकबाट कार्यक्रम सुरु गर्‍यो ।

पाकिस्तानको एफ १६ लडाकु जहाज खसालेको अफगानिस्तानको दाबी

काबुल- अफगानिस्तानले शुक्रबार अमेरिकामा निर्मित एफ–१६ पाकिस्तानी लडाकु विमान गुमाएको

मधेस प्रदेशमा ४८१ थान इजाजत प्राप्त हतियार बुझाइयो

जनकपुरधाम– प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षितगरी गरिएको सूचनाअनुसार मधेस प्रदेशमा ४८१

मदिरा घोटाला प्रकरणमा अरविन्द केजरीवाल र मनीष सिसोदियालाई सफाइ

नयाँदिल्ली- मदिरा घोटाला प्रकरणमा भारतको राजधानी सहर नयाँ दिल्लीका पूर्वमुख्यमन्त्री