समाचार संकलनमा रोक लगाएकोप्रति पत्रकार महासंघको ध्यानाकर्षण « Khabarhub

समाचार संकलनमा रोक लगाएकोप्रति पत्रकार महासंघको ध्यानाकर्षण


२५ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

सप्तरी – राजविराज नगरपालिकाद्वारा समाचार संकलनमा लगाएको रोकप्रति नेपाल पत्रकार महासंघ सप्तरीको गम्भीर ध्यानाकर्षण भएको छ।

महासंघ सप्तरीका सचिव रामनारायण विश्वासले एक प्रेस विज्ञप्ति जारी गर्दै समाचार संकलनका लागि पत्रकारले नगरपालिकाबाट अनुमति–पत्र लिनुपर्ने कार्य निन्दनीय रहेको भन्दै महासंघको गम्भीर ध्यानाकर्षण भएको बताएको छ। पत्रकार रामनाथ यादवलाई नगरपालिकाले उपलब्ध गराएको पत्रमा विद्यालयको समाचार संकलन गर्दा भिडियो नतान्न र सुधारात्मक समाचार मात्र सम्प्रेषण गर्न भनिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको महासंघ सप्तरीले जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।

महासंघले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, संवैधानिक निकाय प्रेस काउन्सिलले जारी गरेको पत्रकार आचार संहिताले पनि सम्पादकीय स्वतन्त्रताको सम्मान गर्न भनेको छ। उक्त बुँदामा समाचार संकलन, सम्पादन वा उत्पादन, प्रस्तुति तथा सम्प्रेषणसम्बन्धी अन्तिम जिम्मेवारी र अधिकार सम्पादकमा निहित हुनेछ, यसैले राजविराज नगरपालिकाले स्वतन्त्र पत्रकारितालाई कुण्ठित बनाउने मनसायले गरेको यस किसिमको निर्णय सच्याउँदै पत्रकारलाई स्वतन्त्र तथा सहज रुपमा समाचार संकलनको वातावरण बनाउन हामी जोडदार माग गर्दछाै, महासंघका सचिव विश्वासद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ।

पत्रकार रामनाथ यादवले माघ २३ गते राजविराज नगरपालिका अन्तर्गतका विद्यालयहरुको समाचार संकलन गर्न पुगेको बखत विद्यालय प्रशासनले नगरपालिकाबाट अनुमति लिएर मात्र आउन भनेपछि उनले नगरपालिका कार्यालयमा बुझ्न खोज्दा त्यहाँ पनि अनुमति लिनुपर्ने भनिएको थियो।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  ८ : २३ बजे

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४

तस्बिरमा हेर्नुहोस् एनपीएल उद्घाटन खेलको रौनक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण सुरु भएसँगै

चलचित्र विकास बोर्डलाई आत्मनिर्भर आत्मनिर्भर र नाफामूलक संस्था बनाउनुपर्छ : अध्यक्ष पण्डितको योजना

काठमाडौं – चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष मनिष पण्डितले बोर्डलाई

दैलेखेको भगवतीमाईमा दुई बालिका मृत फेला

दैलेख – दैलेखको भगवतीमाई गाउँपालिकामा दुई बालिका मृत अवस्थामा फेला