भारतमा ट्रान्सजेन्डरको साहसले निम्त्याएको बहस | Khabarhub Khabarhub

भारतमा ट्रान्सजेन्डरको साहसले निम्त्याएको बहस

‘जन्मदेखि मृत्यु पर्यन्त गर्नुपर्ने दुःखको सामरिक द्वन्द्व’


२५ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतमा लिङ्ग परिवर्तन गरेर एक जोडीले सुट गरेको फोटो अहिले भाइरल भएको छ। उनीहरूले बच्चा पाउनका लागि हर्मोन थेरापी पज गरेको दृश्य अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ। २१ वर्षीय जीया पावेल र उनका पार्टनर २३ वर्षीय जाहद बच्चा पाउने क्रममै रहँदा लिङ्ग परिवर्तन गर्ने अभियानमा थिए। पावेल अहिले पुरुष हुन्। बच्चा पाउने समयमा महिला हुन्छन्। जाहदले गर्भ लिएका छन्। उनी अहिले महिला हुन्। बच्चा पाउने समयमा पुरुष हुन्छन्।

लिङ्ग परिवर्तन गर्नेहरूको समुदायमा उनीहरूले बच्चा जन्माएका हुन् भनेर पत्ता लगाउन कठिन हुन सक्ने छ। यसका बाबजुद उनीहरूका लागि त्यस बच्चाको शिक्षा, स्वास्थ्य र बिमाको लागि सङ्घर्ष गर्नु पर्ने हुन्छ। त्यहाँ थुप्रै कानुनी व्याख्या छ।

अहिले सामाजिक सञ्जालमा उनीहरूलाई बधाईको ओइरो छ। ट्रान्सजेन्डर कलाकार नेहाले ट्रान्सजेन्डर पनि अभिभावक हुनु गर्वको विषय भएको बताइएकी छिन्। पावेल र जाहदका लागि यो अनुभव कारण महत्त्वपूर्ण त छ नै साथै भारतमा सर्वाधिक चर्चाको विषय समेत बनेको छ। सायद संसारको ट्रान्सजेन्डर समुदायले नै आश्चर्यको महसुस गरेको छ।

भारतमा २० लाख ट्रान्सजेन्डर छन। त्यस समुदायका व्यक्ति भने सङ्ख्यामा अझ बढी ट्रान्सजेन्डर हुन सक्ने बताउँछन्। सन् २०१४ मा भारतीय अदालतले उनीहरूको पक्षमा समान हकबारे फैसला गरेको थियो।

“म एउटा धार्मिक अतिवादी इस्लाम परिवारबाट आएको हुँ। शास्त्रीय नृत्यमा मेरो सोख थियो” पोवलले भनिन् “मेरा परिवार परम्परावादी थिए। उनीहरूले मैले नाच्न नसकुन् भनेर कपाल काटी दिएका थिए।”

पावेलले आफू एउटा युवा महोत्सवमा सहभागी हुन घरबाट निस्किएका उनी कहिल्यै नफर्किएको बताएकी छिन्। ट्रान्सजेन्डर कम्युनिटी सेन्टरमा नाच सिकेकी उनी अहिले कोचीकोडे जिल्लामा नाच सिकाउने काम गर्छिन्।

त्रीबन्दपुरम सहरमा माझी परिवारका जाहद क्रिस्चीयन हुन्। काउन्टटेन्टको ज्ञान भएका उनी अहिले सुपर मार्केटमा काम गर्छन्। ट्रान्सजेन्डर समुदायमा आबद्ध भए पछि उनले पनि घर छाडेका थिए।

पावेलका अनुसार जाहदलाई अहिले परिवारले सहयोग गरिरहेको छ। पावेलले दिएको जानकारी अनुसार उनीहरूले डढ वर्ष अगाडी नै बच्चा पाउने योजना बनाएका थिए। त्यस समय यता उनीहरू ट्रान्सजेन्डर समुदायको विभिन्न समयबाट गुज्रिएका थिए। जाहदको पाठेघर र मुत्रासयमा कुनै परिवर्तन भएको थिएन। यस कारण उनीहरूले चिकित्सकको सल्लाहमा हामोर्न थेरापीको कामलाई रोकेका थिए।

तिनीहरूका चिकित्सकलाई सञ्चार माध्यमसँग बोल्न अनुमति दिइएको छैन। थुप्रै ट्रान्सजेन्डरको सवालमा काम गरी सकेका बंगलोका डा महेश डिएमको बिचरमा भने सेक्स हार्मोन थेरापी अहिलेलाई रोकिएको छ। बच्चा जन्मिए पछि उनीहरूले सम्पूर्ण प्रक्रिया पुरा गर्ने भएका छन्।

पावेलले थप विद्यार्थी नभएमा नाच्नका लागि धेरै कठिन हुने बताएकी छिन्। उनका अनुसार जाहदले बच्चा पाए पछि दुई महिना घरमा नै बिताउने छन्। दुई महिना पछि उनीहरू काममा लाग्ने छन्। ट्रान्सजेन्डर समुदायले उनीहरूलाई स्वागत गरी रहेको ती जोडी बताउँछन्। उनीहरूलाई बाहिरी दुनियाँको सामना गर्नु लगायत अनेकौँ काम छन्।

भारतमा ट्रान्सजेन्डर समुदायका बारे धेरै फराकिलो दायरा छ। भारतका हिजरास भनिने एक समूह देखिको अनेकन् ट्रान्सजेन्डर समूह छन्। यसै समुदायले जन्म देखि मृत्यु पर्यन्त अनेकौँ दुखको सामना गर्ने गरेका छन्। मूलभूत रूपमा सामाजिक सोचका कारण उनीहरूको जीवन कठिन बनेको छ।

पहिलो कठिनाइको विषय त बहुसङ्ख्यक लैंगिङ पहिचान भएकाहरूको माझमा अस्लसंख्यक हरूका आफ्ना समस्या त हुने भई नै हाले। विषय यत्तिमा सीमित छैन। जुनसुकै स्थानमा उनीहरूले पिटाइ खाने सम्भावना पनि हुन्छ। साथमा स्वास्थ्य क्षेत्र र पुलिसबाट समेत दुब्यर्बहार त उनले सहने नै भई हाले।

यी नै अल्पसंंख्यकको बारे अहिले धेरै अध्ययन चलेको छ। अहिले उनीहरूले भोगको समस्याका विषयमा सबै भन्दा धेरै अध्ययन गर्ने काम सोमाप बन्धीपोध्याले गरेकी छिन। क्यानडाको स्कुल अफ क्रिमीनोलोजीमा भिजिटिङ रिसर्च फेलो बन्दीपोध्याय अहिले पश्चिम बङ्गालमा रिसर्च फेलोको रूपमा काम गर्ने गरेकी छिन्।

उनले तेस्रो लिङ्गीको बारे धेरै अध्ययन गरेकी छिन्। तीनै बन्दीपोध्यायकै केही महत्त्वपूर्ण अनुभव छ। उनी पनि यो बच्चा पाउने उनीहरूको अभियानका लागि ट्रान्सजेन्डरको समाजका अन्य विविध व्यक्तिसँगको सोचका बारे विचार परिवर्तन हुने कुरामा आशा रहेको छ।

ट्रान्सजेन्डरको मुख्य परिभाषा बारेमा धेरै बहस हुन सक्छ। मूल परिभाषा भनेको ट्रान्सजेन्डरको अर्थ जीव विज्ञानका अनुसार जन्मँदा भएको यौनिक अवस्था र व्यवहारमा फरक हुनु हो। जस्तो पुरुषको रूपमा जन्मिएर महिला जस्तै व्यवहार हुने तथा महिला जस्तो जन्मिएर पुरुष जस्तो व्यवहार नै ट्रान्स जेन्डर हो।

उनीहरूले बच्चा अवस्थामा नै भोग्ने भेदभावका विषयमा धेरै बाल विकास संस्थामा पनि बहस नभएका होइनन्। चाइल्ड माइन्ड इन्स्टिच्युटकी मा एडबाटका अनुसार उनीहरूलाई हुर्काउन नै धेरै कठिन हुन्छ। उनीहरूmले आफू मात्र किन फरक रहेको भन्ने कुराको खोजी बच्चा अवस्था नै गरेका हुन्छन्। यसलाई बुझाएर हुर्काउन शिक्षकलाई समेत कठिन हुन्छ।

यस्ता अनेकन् विषय पावेल र जहादले पनि रहे। यो सबैलाई जित्दै उनीहरूले चालेको कदमले भने संसारलाई अचम्ममा मात्र पारेको छैन, अध्ययनको नयाँ बहस पनि सिर्जना गरेको छ।

(श्रोत : बीबीसी, ग्लोबल भ्यूज र चाइल्ड माइन्ड)

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  १२ : ४३ बजे

सहकारी नियमनको कार्य प्रभावकारी रुपमा गरिनुपर्छ : नेता साउद

कञ्चनपुर – नेपाली कांग्रेसका केन्दीय सदस्य नारायणप्रकाश साउदले सहकारीको नियमन

प्रचण्डको ‘चाइना कार्ड’ अभिव्यक्तिप्रति एमालेको आपत्ति

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ‘चाइना

गड्डाचौकीमा आवागमन सहज बनाउन एसएसबीसँग छलफल गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं – गृहमन्त्री रमेश लेखकले पश्चिमी सीमानाका गड्डाचौकी भएर ओहोरदोहोर

एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली मुख्यमन्त्री : कँडेल

कर्णाली – कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेश

माल्टामा राहदानी घुम्ती सेवा शिविर सञ्चालन हुने

पोर्चुगल – राहदानीलगायतका कागजातसम्बन्धी समस्यामा परेका नेपाली नागरिकलाई सेवा दिन